अलपत्र आयोजना देखाउँदै भोट माग्दै बुटवलका नेता

गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।तर उनीह