आउनोस् युद्ध गरौं

बजार ठण्डा छ, अर्थात् मन्दी छ । तर सदन र दल दलका बीच गर्मी बढ्दो छ । यो उखुम गर्मीमा नेताहरू जनतालाई के के हो के के दिन लडिरहन्छौं भन्दै भाषण ठोकिरहेका छन् । त्यसो त सरकार पनि जनताका सुविधाका लागि लड्या लड्यै छ । सरकारको नेतृत्वमा नै अहिले लडाकु दस्ताका नाइके छन् । तिनले लड्नलाई कहिले सुरुङ खने, कत्ति मुठी उचाले, कति धनुष्टंकार जोडे तिनको हिसाबकिताब गर्न थाल्यो भने त अर्को महाभारतै तयार होला । विगतका सरकारहरू देश र जनताका लागि खुब लाग्या थिए, अहिले पनि लागेको लाग्यै छन् । पहिले कहिले कृषि क्रान्ति गरे, कहिले शिक्षामा क्रान्ति भने । कहिले जनयुद्ध गरे त अहिले धनयुद्ध गरिरहेका छन् । तर युद्ध चैं गरिनै रहेका छन् । दश कोणमा फर्किएका दलहरूलाई एक ठाउँमा मिलाएर जनतालाई सेवासुविधा दिने भनेर लड्ने काम कम्ता भारी छ ? तर पनि लड्ने र लडाउने क्रम त जारी नै छ । तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हँुदैन भन्थे । त्यो भनेको त स्थायी सिद्धान्त, अडान र गन्तव्य हुँदैन भनेको पो रहेछ । किनकि यहाँ सबैलाई आफै बन्ने हतारो छ, देश त केवल बहाना रहेछ । यो लड्ने लडाउने खेलमा नेताजीहरू नयाँ नयाँ तरीकाहरू लेराइरहन्छन् । कोही ओछ्यानमा लड्छन् त कोही हिलोमा । कहिले पाँचतारे होटलमा लड्छन् त कहिले संसद्मा मारमुंग्री गर्छन् । कोही आफू लड्छन् त कोही अर्कालाई लडाउँछन् । लड्न भिड्न नसकेपछि अनि चिच्याउँछन् समानता, स्वतन्त्रता, अधिकार ... ।  त्यसो त यो लड्ने र लडाउने कर्म केवल हाम्रो पालामा वा अहिलेका सरकारहरूले मात्र गरेका होइनन् है ! विगतका सरकारहरू पनि जनतालाई सजिलै मार्ने प्रबन्धमा चुकेका थिएनन् । हाम्रोमा मात्र होइन, विश्वमा पनि चाहे अहिले चलिरहेका रुस–युक्रेन युद्ध होस् वा चीन–अमेरिकाबीचको शीतयुद्ध सबै सबै सरकारहरू आआफ्ना जनताका हितका खातिर लडिरहेका छन् । अझ सबै देश शान्तिका लागि लडिरहेका छन् । शान्तिका लागि बम पड्काइरहेका छन् । हिटलरको मगज सट्केको कुरा होस् कि हिरोशिमा, नागासाकीमा बम पड्केको कुरा, सबै शान्तिकै लागि रे ।  मानव सभ्यताको कुरा गर्ने हो भने झन्डै ५०० भन्दा बढी युद्धहरूले भरिएका छन् । बेलायत र फ्रान्सले एउटै युद्ध सय वर्षसम्म लडे । हामी पनि के कम ? त्यसैले लड्ने र लडाउने मेलो चलेको छ । यी सबै युद्धहरूका आआफ्ना कथा छन् । आआफ्ना व्यथा छन् । टोल, छरछिमेकदेखि अन्तरिक्षसम्म, ब्रान्डदेखि ब्रह्माण्डसम्म आआफ्नै ढंगका युद्ध जारी छन् । श्रीमतीजी श्रीमान्ज्यूमाथि भारी छिन् । सासू बुहारीसँग र बुहारी सासूसँग लडाइँ गरिरहकै छन् । जे गर, जसो गर, यसो गर, उसो गर तर झगडा चैं तगडा गर । किनकि लड्ने र लडाउने अथवा युद्ध गर्ने त हाम्रो रगतमै छ । त्यसैले सबैले आआफ्नो काम गर्नैपर्छ । एकअर्कोसँग युद्ध गर्नका लागि चनाको रूखमा पनि चढ्नैपर्छ, रछ्यानमा पनि सड्नैपर्छ । लड्नु हाम्रो सभ्यता र संस्कृति हो । लडेगा त बढेगा भनाइ नै छ । त्यै भएर त विश्व–ब्रह्माण्डमा मनुष्यजातिलाई सबैभन्दा बुद्धिमान् भनिएको । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । मर्नु त छँदै छ, आज नभए भोलि । विश्वमा यो समय मानिसको सम्पूर्ण बुद्धि र विवेक चैं एकअर्कोलाई मर्न र मार्नमै त टिकिरहेको छ । मर्नु र मार्नु पनि खुद्रा र होलसेलमा हुन्छ । चीन–अमेरिका, एमसीसी–बीआरआई, युक्रेन–रुस, नाटो–यूएनओ, भारत–पाकिस्तान सबैका आआफ्ना लडाइँ जारी छन् । प्रत्येकका दिमागमा लडाइँका नयाँ नयाँ जुक्ति फुरिरहेका छन् । कसले कसलाई कति छिटो मार्न सक्छ भनेर होला हतियारका यति धेरै भण्डारण गरिएका छन् । आधा विश्व हतियार बनाउनमा व्यस्त छ, आधा ती हतियार ठेगान लगाउनमा । प्रत्येकजसो देश आफ्नो राष्ट्रिय आयको सबैभन्दा ठूलो हिस्सा हतियार किन्नमै लगाइरहेका छन् । जनतालाई रोटी दिन नसक्ने सरकार गोलीमा पैसा बगाइरहेछ । सच्चा मानवताका लागि यति धेरै डलर खर्च भइरहेको छ भने मर्ने त पक्का छँदैछ । तर यो भीषण युद्धमा मर्ने मार्ने यो खेलमा प्रत्येक सरकार तपाईंको साथमा छ है ! त्यसैले एकअर्कोबीच झगडा गर्नु पुण्य कर्म भएको छ । असली धर्म भएको छ । भलै मर्ने मार्ने सुविधा फरक फरक सरकारहरूले फरक फरक ढंगले दिँदै आएका छन् । कुनै सरकारले खेतबारीमा सीधै कीटनाशक औषधि हाल्न लगाएर सोझै भोजनमै विष मिसाउने काम गरिरहेका छन् । कुनै सरकारले छिमेकबाट ट्रकका ट्रक विषादी भरिपूर्ण तरकारी र खाद्यान्न जनताका भान्छा भान्छामा पुर्‍याउने काम गरिरहेको छ । कुनै सरकार केमिकलहरू मिसिएका प्याकेट फुड वा डिब्बाबन्द खानेकुरा जनतालाई खाने वातावरण बनाएर धमाधम परमधाम पुर्‍याइरहेकै छन् । जनता पनि सरकारको यो उपहारलाई खुशी–खुशी नै ग्रहण गरिरहेका छन् । कुनै सरकार कमसल मदिरा र निम्नकोटीको औषधिको पूर्ण रूपमा वितरण व्यवस्था मिलाउन कटिबद्ध छ, ता कि मर्ने कार्यक्रम जारी रहोस् । कुनै सरकार त यस्ता यस्ता अस्पतालहरूलाई खोल्ने अनुमतिपत्र बाँड्दै हिँडिरहेको छ, जसमा केवल भर्ना मात्र भए पुग्छ । भर्ना भएको केही दिन वा हप्ता पुगेपछि बिरामी लाशमा परिवर्तित हुने प्रक्रिया शुरू हुन्छ । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । यो नै मानवको सभ्यता हो ।  एकबारको जुनीमा किन कायर बन्नु हुन्छ ? बरु आउनुस्, लडौं लडाऔं । जहाँ जसलाई जतिबेला सकिन्छ पछारौं । युद्ध छेडौं, घरघरमा बम, बारुद र बन्दुक फहराऔं । मानिस मानिसबीच, दल दलबीच, सरकार र जनताबीच एकअर्कोप्रति क्षेप्यास्त्र प्रहार गरौं । लडाइँ, झगडा, बम र गोली । अब प्रेमको बोली होइन, गालीको गोली निकालौं अनि नम्रतालाई नालीमा फालौं ⁄ शान्तिका लागि, समृद्धिका लागि आउनोस् एकअर्काविरुद्ध युद्ध गरौं, यदुवंशी बनौं । मानवका हितका खातिर आउनोस् सबै मिलेर मानवताको अन्तिम संस्कार गर्न संकल्प गरौं । निभ्नै सक्दैन युद्धको आगो यो मेरो दाबा हो । यो आफै लागेको नभै लगाइएको ज्यादा हो ।।

सम्बन्धित सामग्री

रक्ष राईको कृति ‘युद्ध सौन्दर्य चिन्तन’ बजारमा

काठमाडौं : प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन÷चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन्।आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन्। पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन्।‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक

सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन्।...

‘युद्ध रोकिएको छैन, जारी छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’ बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै […]

प्रचण्डले भने : युद्ध सकिएको छैन, युद्ध रोकिएको छैन् (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि युद्ध जारी रहेको बताएका छन् । उनले माओत्से तुङले युद्ध भनेको रक्तपातपूर्ण राजनीति भनेको र अनि राजनीति भनेको रक्तपातहीन युद्ध नै हो भनेर भनेको उल्लेख गर्दै अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताए । आज (शनिबार) नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको […]

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन

सिन्धुली, १३ साउन: सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।सङ्ग्रहालयमा युद्धकालीन

किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ?

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको माध्यमबाट आसुरी मति भएका कौरवलाई समाप्त पार्नु महाभारतका पटकथाकार भगवान् श्रीकृष्णको ध्येय थियो । तर पाण्डवले धर्म नष्ट हुन्छ भनेर कौरवसँग युद्ध नगर्ने सम्भावना पनि प्रबल थियो । त्यसैले योगेश्वर कृष्णले युद्धका लागि त्यस्तो भूमि छान्नुभयो जहाँ क्रोध र द्वेष पर्याप्त होस् । महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका श्रीकृ...

‘महाभारत युद्ध’ र कोरोना महामारी

युद्धको युग पनि भनेर चिनिने द्वापरयुगको सबैभन्दा त्रासदीपूर्ण र भयङ्कर युद्ध हो महाभारत युद्ध । जुन युद्ध धर्म अर्थात् सत्य र अधर्म अर्थात् असत्यका बीच भएको थियो । संसारमा अधर्मले डेरा जमाउँदै गरेका बेला यस किसिमका महाविनासकारी घटनाहरू हुने गरेको हाम्रा पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । भगवान् श्रीकृष्णले महाभारत युद्ध रोक्न धेरै प्रयत्न गर्नु […]

युद्ध समाप्त पार्न एक युद्ध

न राप छ न ताप छ, सोच्दा जलिरहन्छ मन कति आज एउटा युद्ध लड्दैछु, युद्ध समाप्त पार्न फिरेर मति।