काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो । दुवै सेमिफाइनल खेल  होम एन्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो । यता, टोटनहमले वेष्ट