दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

सम्बन्धित सामग्री

यस वर्ष पनि चाडपर्वमा हवाई टिकट पाउन सकस

काठमाडौं : बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन्।नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र तर दशैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ। केही गन्तव्यको टिकट त महिना दिनअघि नै बुकिङ सकिएको छ। अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ।चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ। गत वर्षको दशैँमा १७ हजार

अस्पतालले रेफर गरेका बिरामीले पाएनन् हवाई टिकट

सिमकोट – जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय गुहार्नुपरेको छ। बिरामी र आफन्त उपचार गर्न जानका लागि टिकटको व्यवस्था गर्न प्रशासनमा जानुुपरेको हो। बिरामी पन्चे कामीले केही गरे पनि टिकट नपाएपछि अन्तिममा प्रशासन गुहार्नुपरेको बताए। आइतबार बिरामी कामीलाई अस्पतालले जिल्ला बाहिर रेफर […]

सर्वाधिक हवाई टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर

काठमाडौँ। आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । च्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेको थियो भने सोही विजेताहरूको घोषणा लक्की ड्र मार्फत गरिएको छ । आइएमई पे मार्फत हवाई टिकट बुकिङ […]

‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले पाए चन्द्रागिरि घुम्ने अवसर

काठमाडौ‌ं । ‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि घुम्ने अवसर पाएका छन् । उनीहरुले प्रणय दिवसको अवसरमा आईएमई पेले ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गरेका थिए । विजेताले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गर्नेछन् । ‘आईएमई पे’ को उक्त अफर जित्नेमा काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङ रहेका […]

‘माइ पे’ बाट हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशत क्यासब्याक

'माइ पे डिजिटल वालेट'ले आन्तरिक हवाई टिकट बुकिङ सेवाको सुरुवात गरेको छ । वालेटका अनुसार यस अन्तर्गत नेपाल भित्र कुनै पनि गन्तव्यका लागि माइ पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा...

माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक

माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।  हाल माई–पे वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५...

माई पे वालेटबाट हवाई टिकट बुक गर्दा एक हजारसम्म क्यासब्याक

माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा पनि थालेको छ । नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । यो क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ […]

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

काठमाडौं, भदौ ३० । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ । पछिल्लो समय उडान संख्या […]

दसैंका लागि खुल्यो हवाई टिकट बुकिङ, २५ प्रतिशतसम्म माग बढ्ने अनुमान

दसैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ। दसैं आउन केही दिन बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन्।

उद्धारका नाममा हिमालय एयरलाइन्सको लुट, मलेसिया-काठमाडौं हवाई टिकट पाँच गुणा बढी

काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियाबाट नेपाल फर्कने श्रमिकलाई पाँच गुणासम्म बढी रकममा हवाई टिकट बिक्री गर्दै आएको गैरआवासीय संघ साउदी अरेबियाले आरोप लगाएको छ । एयरलाइन्सले श्रमिकको उद्धारको नाममा श्रमिकलाईं नै ठगेको संघका अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार एयरलाइन्सले श्रमिकलाई साउदीदेखि काठमाडौंसम्मको हवाई टिकट ८६ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म बिmक्री […]