किन घट्यो शेयरबजार ?

काठमाडौं । पछिल्लो ५ दिन लगातार शेयरबजार घटेको छ । पाँच कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९५ अंक घटेर आइतवार १ हजार ९३८ दशमलव २५ विन्दुमा आइपुगेको छ । पछिल्लो समय नेपाली राजनीतिमा केही अस्थिरता छ । गठबन्धन सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । लगानीकर्ताले मन पराएका भनिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सरकारबाट बाहिरिएका छन् । यो बेला शेयरबजार राजनीतिक अस्थिरताले घटेको हो त भन्ने प्रश्नहरू आइरहेका छन् । राजनीतिक प्रभाव शेयरबजारमा क्षणिक मात्रै पर्ने जानकार बताउँछन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज भए पनि कर्जाको ब्याजदर चर्को छ । यसले गर्दा बजार छोटो समयमै १ हजार ८६७ बाट २ हजार २७७ सम्म पुगेर फर्किएको छ । यसबीचमा ट्रेडरले राम्रै प्रतिफल हात परे । टे«डरले बजार घटेर तल्लो विन्दुमा आएपछि मात्रै लगानी बढाउँछन् । गत पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएका थिए । त्यसको भोलिपल्ट पुस ११ गते बजार ५६ दशमलव ८८ अंक बढेर १ हजार ९२४ दशमलव शून्य ९ विन्दुमा बन्द भएको थियो । त्यसपछि बजार २ हजार २७७ विन्दुसम्म पुग्यो । नयाँ सरकार गठनअघि नेप्से १ हजार ८६७ विन्दुमा थियो । तर, नयाँ सरकारले विश्वासको मत पाएको दिनबाटै शेयरबजार नकारात्मक बन्यो । पुस २६ गते नयाँ सरकारले विश्वासको मत लिएको दिन २ हजार २७७ अंकसम्म उक्लिसकेको नेप्से २१ अंक घट्यो । त्यसको पर्सिपल्ट पुस २८ गते ४१ अंक घटेकोे थियो । दाहालको नेतृत्वमा एमालेसहितको सरकार केही समय चल्ने अपेक्षा गरेका लगानीकर्ताले नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन लामो समय नटिक्ने चाल पाइसकेका थिए । त्यसपछि २ दिनमै बजार ६२ अंक घटेर २ हजार १४९ दशमलव ३९ विन्दुमा आइपुग्यो । माघ महीनाका लागि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने हल्ला थियो तर निक्षेपको ब्याज केही घटे पनि कर्जाको ब्याजदर यथावत् रह्यो । त्यपछि बजार माग र आपूर्तिका आधारमा केही दिन बढ्दै घट्दै आफ्नो बाटोमा हिँडिरह्यो ।   माघ २३ गते राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको ताजा अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकहरूमा महत्त्वपूर्ण सुधार भएको देखायो । त्यसको भोलिपल्ट बजार ७६ अंक बढेको थियो । त्यसपछि माघ २७ गते सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पूँजी बजारका विषय केही पनि नसमेटिएपछि बजार निरन्तर पाँच दिन घटेको थियो । त्यो ५ दिनमा बजार १३६ अंकले घटेको थियो । यसका साथै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी थप लाभांश दिने रकमको ९५ प्रतिशतसम्म कोषमा राख्नुपर्ने भएपछि लघुवित्त कम्पनीका शेयर विक्रीमा चाप पर्दा समग्र बजार घट्न पुगेको थियो । केही दिनअगाडि मात्रै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बजार पुनः ओरालो लाग्न थालेको छ । यतिबेला लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णुप्रसाद पनि सरकारबाट बाहिरिएका छन् । पछिल्लो दुईओटा बुलिश ट्रेन्डमा अर्थ मन्त्रालयको नेतृत्व गरेको एमाले र अर्थमन्त्रीबाट विष्णु पौडेल गुमाउँदा शेयरबजारमा लगानीकर्ताको मनोबल गिरेको विश्लेषक बताउँछन् । यसरी हेर्दा राजनीतिक घटनाक्रमभन्दा नीतिगत घटनाक्रमले शेयरबजारमा बढी प्रभाव पारेको देखिन्छ । पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९४ अंक घटेको छ । पुस मसान्तपछि शेयरबजारको अफसिजन हुने हुनाले पनि बजार घटेको अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दहाल बताउँछन् । उनका अनुसार राजनीतिक प्रभाव पनि थोरै मात्रामा परेको हुन सक्छ । ‘राजनीतिभन्दा पनि व्यक्ति केन्द्रित भएर यो व्यक्ति आए बजार बढ्छ या घट्छ भनेर व्याख्या गरिएको छ,’ उनले भने, ‘खासमा नीतिगत कुराले असर गर्छ जस्तो लाग्छ, शेयर कहिले बढ्नु कहिले घट्नुलाई सामान्य लिन्छु ।’ इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार नेपाली शेयरबजारमा राजनीतिको ठूलो प्रभाव हुन्छ । ‘एमाले माओवादीको सरकार बन्यो । अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नर तीनै जना बसेर हामी शेयरबजारका लागि राम्रो गर्छौं, सबै इन्डिकेटर राम्रा छन् भनेका थिए । त्यसपछि लगानीकर्ताले लगानी बढाए । त्यसपछि बजार पनि बढ्यो,’ उनले आर्थिक अभियानसँग भने, ‘अझै बजारले ह्याट्रिक गर्छ भन्ने अपेक्षा थियो । तर, अर्थमन्त्री सरकारबाट बाहिरिए र नियामक निकाय राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई लाभांशमा केही कडाइ गर्‍यो । यी कारणले बजार प्रभावित भएको हो ।’

सम्बन्धित सामग्री

कारोबारको पहिलो घण्टा ४.६९ अंकले घट्यो नेप्से

बिहीबार शेयरबजार मापक परिसूचक नेप्से कारोबारको पहिलो घण्टामा ४.६९ अंकले घटेको छ । बजार खुलेबाट नै राताम्मे देखिएको नेप्से कारोबारको पहिलो घण्टामा ०.२४ प्रतिशतले घटेर १९३३.६० बिन्दुमा झरेको हो ।

९ अंकले घट्यो नेप्से, कारोबार ८० करोडमा सीमित

आइतबार शेयरबजार परिसूचक नेप्से ९.६९ अंकले घटेर १८६०.९४ अंकमा झरेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ परिसूचक पनि १.७२ अंकले घटेर २६५.४२ अंकमा पुुग्यो ।

११ अंकले घट्यो शेयर बजार

आइतबार शेयरबजार मापक परिसूचक नेप्से ११.४६ अंकले घटेर १९२६.२८ बिन्दुमा झरेको छ ।

शेयरबजार २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश

आज (बुधबार) नेपालको शेयरबजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो ।२ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै कमाएका छन् । प्रतिकित्ता शेयर मूल्य १० प्रतिशत बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले भने प्रतिकित्ता शेयरमा २४ रुपैयाँ गुमाएका छन् । प्रतिशतका हिसाबले सो कम

शेयरबजार ३८ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – हिजो झण्डै ११ अंकले घटेको शेयरबजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से आज ३८ दशमलव ३५ अंकले घटेर दुई हजार आठ सय ९८ दशमलव ३१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत, होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो आठ अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ६ अर्ब दुई करोड रुपैयाँमा एक करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २० करोड ३२ लाख रु...

शेयरबजार घट्नेक्रम जारी, सोमबार दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ– शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार बजार ओरालो लागेको छ। पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार सोमबार पनि घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से १७ दशमलव ९३ अङ्कले घटेर २हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा पुगेको छ। सोमबार १३ वटा उपसमूहमध्ये ११ उपसमूहमा गिरावट आएको छ। उत्पादन र माइक्रोफाइनान्स उपसमूहमात्र हरियो देखिए […]