सोमवार दोहोरो अंकले बढ्यो नेप्से, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर किनबेच

वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेको छ । नेप्से परिसूचक २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रको ३३ लाख २४ हजार ८२२ कित्ता शेयरको २८ हजार ६७५ पटकमा  रू. १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ बराबरको शेयर खरीद विक्री भएको छ ।   कारोबारमा आएका २२२ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८३९ दशमलव ८० पुगेको छ । त्यसैगरी दोस्रोमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव ७७ प्रतिशत वृद्धि भएर रू. १ हजार २९० पुगेको हो ।  सोमवार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ७८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९५ मा झरेको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव २४ प्रतिशत घटेर रू. ८९५ कायम भएको छ ।  सोमवार सर्वाधिक शेयर खरीदविक्री  नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ७ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड ४ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ५३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८८ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७० प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, वित्त समूहको शून्य दशमलव १० प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ५५ प्रतिशत र निर्जीवन बीमा समूहको समूहगत परिसूचक शून्य दशमलव ५७ प्रतिशतका दरले बढेको हो । 

सम्बन्धित सामग्री

८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ । बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।   यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।  त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।  यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।