काठमाडौँ, २९ असोज । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी […]
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस विधामा ४१ जनाले चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचित […]
लमजुङ। बेँसीसहर नगरपालिका-३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको संकल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै संकल्प गरिन्छ । “पहिले राजाको भलो होस्, […]
वालिङ (स्याङ्जा), २९ असोज । स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि […]