सत्ता गठबन्धनको उम्मेदवार चयन प्रक्रियामा अलमल

काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका छन्। उम्मेदवार चयनको मोडालिटी तय गर्न नसक्दा दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका हुन्। मतदानका लागि एक महिनाको समय मात्र बाँकी रहँदा नेतृत्वको अलमलले चुनाव प्रचारप्रसारको काम समेत रोकिएको छ। गठबन्धनमा आबद्ध दलहरुले निर्वाचनको तयारीका लागि भन्दै गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति निरन्तर छलफलमा समेत जुट्न सकेको छैन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र