यो साता विकास बैंक र वित्त कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि

जेठ २१, काठमाडौं । यो साता विकास बैंक र वित्त कम्पनीका शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गरेका छन् । बजार बढेसँगै ती दुवै समूहका कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि भएको छ । गत पाँच दिनमा विकास बैंकहरुका शेयरधनीले राम्रो प्रतिफल प्राप्त गरेका छन् । हाल नेप्सेमा १६ ओटा विकास बैंकहरुको शेयर कारोबार हुन्छ । पाँच दिन सबैभन्दा बढी लुम्बिनी विकास बैंकका शेयरधनीले नाफा कमाएका छन् । बैैंकको शेयरमूल्य पाँच दिनमै १२७ रुपैयाँले वृद्धि भएको छ ।  गत आइतवार वैशाख १६ गते बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३७६ रहेकोमा जेठ २० गते बिहीवार प्रतिकित्ता रू. ४९६ पुगेको हो । कारोबारमा आएका १६ ओटा कम्पनीमध्ये नारायणी डेभलपमेण्ट बैंकको शेयर बाहेक सबै बैंकको शेयर मूल्यमा वृद्धि भएको छ ।  नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने आइतवारको तुलनामा बिहीवार १८ रुपैयाँले कमी आएको हो । नेप्सेमा कारोबार हुने १६ ओटा विकास बैंकमध्ये पछिल्लो समय धेरै शेयरमूल्य भएको बैंक नारायाणी डेभलपमेण्ट रहेको छ । बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ७१५ रहेको छ । पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताले सेक्टर वाइज लगानी गरेको पाइन्छ ।  केहि समय अगाडि हाइड्रोपावरहरुको शेयरमूल्य बढेको थियो । लगानीकर्ताले हाइड्रोबाट नाफा बुक गरेर विकास बैंक र फाइनान्स कम्पनीहरुमा लगानी गरेको देखिन्छ । सोही कारण बिहीवार विकास बैंक समूहको इन्डेक्स ४ हजार ५० दशमलव ३२ र वित्त समूहको इन्डेक्स १ हजार ८४२ दशमलव ५१ पुगेको छ । बिहीवार नेप्सेले एतिहासिक रेकर्ड कायम गरेको छ ।  नेप्से परिसूचक २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरुमा परेको देखिन्छ । यसको उदाहरण हो एक वर्ष अगाडि ग्रीन डेभलपमेण्ट बैंक र कर्णाली विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १०० देखि १२५ सम्म थियो । ती कम्पनीको शेयरमूल्य अहिले रू. ३०० भन्दा माथि पुगिसकेको छ  ।  ५ दिनमा विकास बैंकहरुको शेयरमूल्यमा भएको वृद्धिदर :                                                                           स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  फाइनान्स कम्पनीको ५ दिनको शेयरमूल्यमा भएको वृद्धिदर :  कारोबारमा आएका १५ ओटा वित्त कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्यमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य आइतवार (जेठ १६ गते) प्रतिकित्ता रू. ७५५ रहेकोमा बिहीवार प्रतिकित्ता रू. १ हजार २० पुगेको हो ।  हाल नेप्सेमा कारोबारमा आएका १५ कम्पनीमध्ये सबैभन्दा बढी शेयरमूल्य पनि यहि गोर्खाज फाइनान्स भएको छ । बिहीवार मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२५ पुगेको हो । नेप्सेमा सूचीकृत २६ ओटा वित्त कम्पनीमध्ये हाल १५ ओटा वित्त समूहको शेयर कारोबार हुँदै आएको छ ।                                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)