सत्तारुढ दलका विद्यार्थी संगठनले गरे आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलका विद्यार्थी संगठनहरूले आयल निगमको कार्यालय घेराउ गरेका छन् । उनीहरूले आयल निगमका महाप्रवन्धकविरुद्ध नाराबाजीसमेत गरे ।  संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।  अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाउने बताइन् ।   

सम्बन्धित सामग्री

आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो : महासचिव समिक बडाल

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा […]