एक वर्षमा डेढ अर्बको केरा र सवा एक अर्बको सुन्तला आयात

वीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ। भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार बराबरको कुल […]

सम्बन्धित सामग्री

सम्भव छ कृषि आयातको प्रतिस्थापन उत्पादन वृद्धि र रोजगारी सृष्टिका आयामहरू

परम्परा, जलवायु र भूगोल कृषि उत्पादनका लागि अनुकूल हुँदाहुँदै पनि नेपाल कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर बन्दै गएको छ । नेपालमा सबैभन्दा ठूलो रोजगारदाता र कुल गार्हस्थ्य उत्पादनमा करीब एक चौथाइ योगदान भएको भए तापनि नीतिगत, संरक्षणात्मक, प्रोत्साहनात्मक र सुरक्षात्मक वातावरणको कमीले गर्दा कृषिक्षेत्रमा डरलाग्दो व्यापारघाटा देखिएको छ । जीवन रक्षा र राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा रहेको कृषिक्षेत्रको विकासमा उचित ध्यानको कमी र अनुचित सक्रियताको बाहुल्यका कारण यो कृषिक्षेत्रमा व्यापारघाटामा यस प्रकारको वृद्धिको अवस्था सृजना भएको हो ।  चालू आव २०७९/८०को प्रथम ९ महीनामा नेपालको कृषिजन्य वस्तुहरूको कुल आयात रू. २२७ अर्ब रहेको छ भने कृषिजन्य वस्तुको आयात राजस्व करीब रू. ४१ अर्ब बराबर रहेको छ । यस अवधिमा कृषिजन्य वस्तुको निर्यात भने रू. ५३ अर्बमा सीमित रहेको छ । यसरी कृषिजन्य उत्पादनको कुल व्यापारघाटा रू. १७४ अर्ब पुग्न गएको छ ।  तथ्यांकमा हेर्नुहोस नेपालमा कृषिजन्य वस्तुको आयातको अवस्था । यसरी नेपालमा कृषिजन्य वस्तुहरूको व्यापारघाटा बढाउने प्रमुख कृषिजन्य वस्तुहरूलाई देहायअनुसार वर्गीकृत गर्न सकिन्छ ।  नेपालको कृषिजन्य वस्तुको व्यापारघाटामा तरकारीको भूमिका प्रमुख रहेको छ । चालू आवको पहिलो ९ महीनामा कुल रू. १४ अर्ब बराबरको ४ लाख ८४ हजार ५ सय २८ मेट्रिक टन (मेट) तरकारी आयात भएको छ । यसरी आयात हुने तरकारीमा आलु, प्याज, लसुन र गोलभेडा प्रमुख रहेका छन् । चालू आवको पहिलो ९ महीनामा रू. ६ अर्ब ५६ करोड मूल्य बराबरको २ लाख ५७ हजार मेट ताजा आलु आयात भएको छ । यसैगरी रू. ५ अर्ब बराबरको १ लाख ३८ हजार मेट ताजा प्याज आयात भएको छ । यस्तै रू. ९३ करोड बराबरको ७ हजार ६ सय ५२ मेट लसुन आयात भएको देखिन्छ भने रू. ४८ करोड मूल्य बराबरको ३६ हजार ७ सय ८२ मेट बराबरको ताजा गोलभेडा पनि यस अवधिमा आयात भएको देखिन्छ । उचित नीति र कार्यक्रमको व्यवस्था हुनासाथ यी चारथरी तरकारीमा ६ महीनाभित्रै आत्मनिर्भर हुन सकिन्छ । भारतको आलुमा रोजगार सृजनालाई आधार मान्ने हो भने पनि आलु क्षेत्रमा मात्रै थप १८ लाख ७४ हजार ६ सय ७३ दिन जना रोजगारी सृजना हुने देखिन्छ । गोलभेडा, प्याज र लसुनमा पनि यही अनुपातमा रोजगारी वृद्धि हुने देखिन्छ । श्रममा आधारित तरकारी खेतीमा हुने आत्मनिर्भरताले स्वदेशमा ठूलो रोजगारी सृजना गर्न सक्ने प्रबल सम्भावना रहेको छ ।  चालू आवको प्रथम ९ महीनामा रू. ११ अर्ब बराबरको १ लाख १३ हजार २ सय ६१ मेट दलहन आयात भएको छ । तिनमा मसुरो, चना, मास, मुँग, केराउ र बोडी रहेका छन् । दलहनको कुल आयातमा मसुराको अंश मात्रै करीब ५० प्रतिशत रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने सबैप्रकारका दलहनमा नेपाल आत्मनिर्भर हुन करीब ६ महीना लाग्ने मात्र हो । सबै प्रकारका दलहनमा आत्मनिर्भर हुँदा थप १ लाख १३ हजार रोजगार सृजना हुने देखिन्छ ।  नट्सहरूतर्फ २ हजार १ सय १५ मेट बराबरको रू. ६९ करोड मूल्यको ओखर आयात भएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा अभियान सञ्चालन गर्ने हो भने ५ देखि ७ वर्षभित्र नेपाल ओखरमा आत्मनिर्भर हुने देखिन्छ । फलपूmलतर्फ १ लाख ८१ हजार ९ सय ४४ मेट बराबरको रू. ११ अर्बको ताजा फलपूmल आयात भएको छ । नेपालमा बढी आयात हुने फलपूmलमा स्याउ, अंगुर, अनार, केरा, कागती, आँप र सुन्तला प्रमुख रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो उपर्युक्त फलपूmलमध्ये ५ वर्षमा आँप, सुन्तला, अंगुर र अनारको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै ६ महीनामा केराको आयात सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।  चालू आवको पहिलो ९ महीना मसलातर्फ २० हजार मेट बराबरको रू. ५ अर्बको मसला आयात भएको छ । यसरी आयात हुने मसलामा जीरा, धनियाँ, खुर्सानी, सुकमेल, ल्वाङ, मरिच, बेसार, मेथी, ज्वानो आदि प्रमुख रहेका छन् । उपयुक्त वातावरण सृजना गर्न सकेको खण्डमा उपर्युक्त मसलामध्ये खुर्सानी, बेसार, मेथी र ज्वानो आयातलाई ६ महीनामै प्रतिस्थापन गर्न सकिन्छ ।  यसैगरी चालू आवको पहिलो ९ महीनामा ९ लाख ७२ हजार ६ सय ७५ मेट बराबरको रू. ४३ अर्ब ५३ करोड बराबरको खाद्यान्न आयात भएको छ । यसरी आयात हुने प्रमुख खाद्यान्नमा चामल/धान, मकै, गहुँ र कोदो प्रमुख रूपमा रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो भने ६ महीनाको अवधिमा नै यी वस्तुहरूमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।  यस अवधिमा रू. १६ अर्ब ८१ करोड मूल्य बराबरको तेलहनका दानाहरू आयात भएको छ । यसरी आयात हुने दानाहरूमा भटमास, तोरी र बदामको बाहुल्य रहेको छ । यी तीनओटा वस्तुको नेपालमा उत्पादन सम्भावना प्रशस्त मात्रामा रहेको छ । यसैगरी यस अवधिमा ३ लाख ७० हजार ४ सय २३ लिटर बराबरको रू. ६८ अर्ब बराबरको खानेतेल आयात भएको छ । यस आयातमा भटमास र पामतेलको आयात निर्यात प्रयोजनका लागि समेत भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दा नेपालमा आन्तरिक उपभोगका लागि आयात हुने प्रमुख खानेतेलमा पामतेल, तोरी, भटमास र सूर्यमुखी तेल प्रमुख रूपमा रहेका छन् । पामतेल नेपालमा उत्पादन हुन नसक्ने भए पनि अन्य तेलमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिँदैन ।  यस अवधिमा ५२ हजार ३ सय २५ मेट बराबरको रू. ३ अर्ब ४८ करोड बराबरको चिनी र मिठाई आयात भएको छ । यसै गरी यस अवधिमा ३ हजार २ सय १ मेट बराबरको रू. १ अर्ब ६६ करोडको चकलेट आयात भएको छ । नेपालमा यी वस्तुमा आत्मनिर्भर हुने आधारभूत संरचना र उद्योगहरू विद्यमान नै रहेको सन्दर्भमा थोरैमात्र संरक्षणात्मक र प्रोत्साहनात्मक नीति अंगीकार गर्ने हो भने यी वस्तुमा पनि २ वर्षभित्र आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।  नेपालमा प्रशोधित कृषि उत्पादनको आयातको आकार पनि विशाल रहेको छ । चालू आवको प्रथम ९ महीनामा रू. १८ अर्ब बराबरको ४८ हजार २ सय ४४ मेट बराबरको तयारी खाद्य पदार्थ आयात भएको छ । यसै गरी ३ हजार ५ सय ९८ किलो लिटर बराबरको रू. २ अर्ब २० करोड बराबरको मदिराजन्य वस्तुको आयात भएको छ । मदिराजन्य उत्पादनमा लामो इतिहास रहेको सन्दर्भमा यस क्षेत्रमा थोरैमात्र ध्यान दिन सकेको खण्डमा यो आयातलाई पनि धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । यस अवधिमा २ लाख ३ हजार ९ सय ३९ मेट बराबरको रू. १४ अर्ब ८३ करोडको पशुआहार आयात भएको देखिन्छ । नेपाल प्रधान कृषि बालीमा आत्मनिर्भर हुँदा साथ यस क्षेत्रमा रहेका ठूलो आकारको आयात सजिलै प्रतिस्थापन हुन सक्ने देखिन्छ ।  यसरी भन्सारदर र क्वारेन्टाइन प्रावधानमार्फत संरक्षणात्मक र अनुदानमार्फत प्रोत्साहनात्मक नीतिको अंगीकार गरी कृषिक्षेत्रमा आत्मनिर्भर अभियान सञ्चालन गर्ने हो भने ५ वर्षभित्र नेपालमा कृषिमा आत्मनिर्भर हुने देखिन्छ । यसरी आत्मनिर्भर हुँदा यस क्षेत्रमा लाखौंको थप सम्मानजनक रोजगारी सृजना हुने देखिन्छ । यस अभियानले उत्पादन वृद्धि र रोजगार सृष्टिको नारालाई सार्थक बनाउने देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

पछिल्लो आठ महिनामा नेपालीको घरमा विदेशबाट आएको पौने ९ अर्बको फलफूल भित्रियो

काठमाडौं, १६ चैत। पछिल्लो आठ महिनामा विभिन्न देशबाट नेपालले ८ अर्ब ७९ करोड ९ लाख २१हजार रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुनसम्मको अवधिमा उक्त मुल्यमा १४करोड ५३लाख ७४हजार ५२७केजी विभिन्न फलफूल नेपाल भित्रिएको छ। सो अवधिमा ४अर्ब ४५करोडको स्याउ, ४७करोडको केरा, २५करोड २९लाखको आँप र अम्बा, ७२करोडको सुन्तला, ९३करोड ८९लाख रुपैयाँको अंगुर नेपाल भित्रिएको छ।

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रूपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रूपैयाँको फलफूल नेपालले आयात गरेको छ ।  उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रूपैयाँको भुइँकटहर नेपाल भित्रि

१ महिना सवा अर्बको फलफुल आयात

काठमाडौं ।  चालु आर्थिक वर्र्षको पहिलो महिनामा १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपियाँको बराबरको २ करोड ४६ लाख ८६ हजार ५७७ किलो फलफुल नेपाल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपियाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपियाँको केरा, ५ करोड […]

वैदेशिक व्यापारमा असर : आयात निर्यात दुवै घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावलगायतको असर देशको वैदेशिक व्यापारमा समेत देखिन थालेको छ । बैंकहरूले व्यापारीको मागअनुसार कर्जा प्रवाह गर्न नसक्नु र विलासी सामानहरूको आयातमा कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति कारण चालू आर्थिक वर्ष (आव) को माघ महीनामा आयात निर्यात दुवै व्यापार खुम्चिएको छ । माघ महीनामा आयात पौने १३ अर्ब रुपैयाँले घट्दा निर्यात ३ अर्ब रुपैयाँले घटेको भन्सार विभागले जानकारी दिएको छ । भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार माघ महीनामा देशमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको छ । पुसमा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो । उच्च आयातका कारण देशको शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्रा सञ्चितिसमेत कम हुँदै जान थालेपछि राष्ट्र बैंकले विलासी सामानहरूको आयातमा कडाइ गर्न थालेको थियो । आयातमा कडाइ गर्न राष्ट्र बैंकले पुस पहिलो सातादेखि चाँदी, फलाम र प्लास्टिकका फर्निचर, भान्साकोठाका सामग्री, शृंगारका सामग्री, जुत्ताटोपी, छाता, कृत्रिम फूल, चललेक, चुइँगमलगायत सामान आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यसैगरी गाडी आयातमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था कार्यान्वयन गरेको छ । नगद मार्जिनका लागि बैंकहरूले कर्जा दिन नपाउने व्यवस्थासमेत गरेको छ । नगद मार्जिनको प्रावधानका कारण आयात घट्न थालेको तथ्यांकमा देखिएको छ । चालू आवको साउनमा १ खर्ब ५० अर्बको आयात भएकोमा क्रमशः बढ्दै मङ्सिर महीनामा १ खर्ब ८८ अर्बको आयात भएको थियो । राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेसँगै पुसबाटै आयात घट्न थालेको हो । राष्ट्र बैंकले माघ अन्तिम सातादेखि सी फूड, धूलो दूध, सुपारी, केरा, छोकडा, मरीच, सुनका गरगहना, विद्युतीय घडी, रेडिमेड गार्मेन्ट कुर्सीलगायत अन्य वस्तुको आयातमा समेत कडाइ गरेको छ । नगद मार्जिनको व्यवस्थाबाहेक बैंकमा देखिएको तरलता अभावको प्रभावसमेत वैदेशिक व्यापारमा परेको हो । तरलता अभावका कारण पुसयता बैंकहरूको कर्जा प्रभाव खुम्चिएपछि वैदेशिक व्यापारमा समेत असर परेको हो । माघमा आयातसँगै निर्यात पनि खुम्चिएको छ । पुस महीनामा १५ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा माघ महीनामा १२ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । वैदेशिक व्यापार घटेसँगै भन्सार असुलीसमेत घटेको छ । पुसमा भन्सार कार्यालयहरूले ४० अर्ब २७ करोड रुपैयाँ भन्सार संकलन गरेकोमा माघमा ३६ अर्ब ७ करोड मात्र संकलन भएको छ । निर्यातको तुलनामा आयात उच्च भएपछि व्यापारघाटा वृद्धि भइरहेको छ । चालू आवको माघसम्ममा व्यापारघाटा ३८ दशमलव ४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आवको ७ महीनामा व्यापारघाटा ७ खर्ब ३३ अर्ब रहेको थियो । माघसम्ममा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।