काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।