एमाले विधान महाधिवेशनको दोस्रो दिन समूहगत छलफल शुरू

नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफल शुरू गरिएको छ । महाधिवेशनमा पेश गरिएका राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न समूह क–ञसम्म बनाइएका छन् । शनिवार बिहान साढे ८ बजेदेखि समूहगत छलफल शुरू भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सातै प्रदेश, जनसंगठन विशेष कमिटीहरू, केन्द्रीय निकायका छुट्टाछुट्टै समूह बनाइएका छन् । शुक्रवारदेखि शुरू भएको विधान महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ । शुक्रवारको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रति...

सम्बन्धित सामग्री

एमाले विधान महाधिवेशन : दोस्रो दिनको प्लेनरीमा सहभागी छैनन् ओली

एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको दोस्रो दिनको प्लेनरीमा सहभागी भएका छैनन् । शुक्रवार पनि रूघाखोकीले सताएको भन्दै राजनीतिक प्रतिवेदन बीचमै शंकर पोखरेललाई प्रस्तुत गर्न लगाएका थिए ।  एमाले सचिव तथा कार्यक्रम उद्घोषक प्रदीप ज्ञवालीले अध्यक्ष सञ्चो नभएको कारण हलमा उपस्थित नभएको र केहीबेरमा आउने बताएका छन् ।  अधिवेशनको दोस्रो दिन समूहगत छलफल सकिएको छ । अहिले अनुशासन आयोग, लेखा आयोगको प्रतिवेदन पेश भएको छ।

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफ

एमाले विधान महाधिवेशन : दस्तावेजमा छलफल गर्न १० वटा समूह

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो । शुक्रबार महाधिवेशनको पहिलो दिन […]