अर्थसचिव मरासिनीले गरे पदभार ग्रहण

काठमाडौं, साउन १८ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले पद बहाली गर्नुभएको छ । अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभएको छ । मन्त्री शर्माले अबका दिनमा […]

सम्बन्धित सामग्री

रामेश्वर दंगालले सम्हाले राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । राजस्व सचिव रामेश्वर दंगालले आज पदभार ग्रहण गरेका छन् । कृष्णहरि पुस्करलाई अर्थसचिव बनाएपछि दंगाललाई राजस्व सचिवको जिम्मेवारी दिइएको थियो । गत साता मन्त्रिपरिषद् बैठकले उनलाई राजस्व सचिव बनाउने निर्णय गरेको थियो । तर, मुख्य सचिव शंकरदास बैरागी बिरामी हुँदा दंगालले एक सातापछि मात्रै राजस्व सचिव बनेको पत्र पाएका थिए । गत पुसमा […]

अर्थसचिव मरासिनी किन मन्त्रालय फर्किन चाहँदैनन् ?

१७ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी आइतबार पोखरा थिए । त्यही दिन जनार्दन शर्मा पुनः अर्थमन्त्री  नियुक्ति भएर मन्त्रालय आउँदै थिए । मन्त्रीको पदभार ग्रहण साँझ मात्र थियो । चाहेको भए मरासिनी तत्काल उनलाई स्वागत गर्न काठमाडौं आउनसक्थे ।  विहानैदेखि अर्थमन्त्री नियुक्तिको तयारीबारे खबरहरू आएकाले चाहेको भए उनी सडकबाटै २ सय किलोमिटर छिचोल्न उनलाई कठिन […]

अर्थमन्त्री शर्माको पदभार ग्रहण कार्यक्रममा अर्थसचिव मरासिनी अनुपस्थित

काठमाडौँ – अर्थमन्त्री जर्नादन शर्माको पदभार ग्रहण कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका छैनन्। शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुने तयारी भएपछि आइतबार सञ्चारमाध्यमको सम्पर्कबाट बाहिर रहेका मरासिनी शर्माको पदभार कार्यक्रममा पनि अनुपस्थित भएका हुन्। शर्मा राष्ट्रपति भवन शीतल निवासमा शपथ खाइसकेपछि आइतबार साँझै पदभार ग्रहणको लागि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका छन्। शर्मा र मारासिनीबीच […]

अर्थमन्त्री शर्माको स्वागतमा सचिव मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहे । अर्थमन्त्री शर्मा दोस्रो पटक मन्त्रालयमा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा सचिव मरासिनी भने अनुपस्थित भएका हुन् । सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ । सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् […]

अर्थसचिव मरासिनीले सम्हाले कार्यभार, ढुंगानाको बिदाइ

अर्थसचिव मधुकुमार मरासिनीले कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अर्थमन्त्रालयको जिम्मेवारी पाएका मरासिनीले सोमवार पदभार ग्रहण गरेका हुन् । यसैबीच निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानालाई बिदाइ गरिएको छ । ढुंगानालाई मन्त्री जनार्दन शर्माले बिदाइ गरेका थिए । सचिव ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिव भएका थिए । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजश्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका थिए ।  खतिवडाकै पालामा अर्थसचि...

कोभिड - १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

वैशाख ३१, काठमाडौं  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड - १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड- १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए ।  उनले कोभिड- १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड- १९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए।  अर्थमन्त्री पौडेलले कोभिड- १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।   पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।   पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।