काठमाडौं : आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन संकलन र वितरणकार्य सुरु गरिएको छ।बुधबारबाट सुरु भएको ई-पासपोर्ट वितरण संकलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले शुभारम्भ गरेकी थिइन्।राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको हो। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितर