नगरपालिकाले नै तिरेन विद्युत महशुल, प्राधिकरणले काटिदियो विद्युत लाइन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिदिएको छ। राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ विद्युत महशुल नबुझाएपछि विद्युत लाई प्राधिकरणले काटिदिएको हो। “प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमासमेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन,” वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए।

सम्बन्धित सामग्री

महशुल नबुझाउँदा काटियो तुलसीपुर उपमहानगरको विद्युत लाइन

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युतबिहीन भएको छ। कार्यालयको विद्युत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ। विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको […]

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको […]

विजुली काट्न गएका कर्मचारी होटल सञ्चालकबाट कुटिए

१३ असोज, विराटनगर। विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् । बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ । होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन । महशुल नबुझाएपछि लाइन काट्न […]

६० दिनसम्म महशुल नबुझाए बिना सूचना विद्युतको लाइन काटिने

मिटर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाए नेपाल विद्युत प्रधिकरणले बिना सूचना विद्युत लाइन काट्ने भएको छ। विद्युत महशुल विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महशुल बुझाउनुपर्ने भए पनि केही ग्राहकले यसलाई बेवास्ता गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अबको १५ दिन भित्र बाँकी महशुल…