जुलाईमा भारतको निर्यात कीर्तिमानी उचाईमा

साउन १९, नयाँ दिल्ली (भारत) । गत महीना भारतको निर्यातले नयाँ उचाई छोएको छ । जुलाईमा भारतले ३५ अर्ब २० करोड डलर मूल्य बराबरको वस्तु निर्यात गरेको छ । निर्यातको यो आकार अहिलेसम्मकै उच्च हो ।  यसले भारतको मुख्य पश्चिमी बजारहरुमा तीव्र आर्थिक पुनर्बहाली भइरहेको र यसले भारतीय वस्तुको माग बढाएकोतर्फ संकेत गरेको छ ।  वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार सो अवधिमा आयात पनि बढेर ४६ अर्ब ४० करोड डलरमा पुगेको छ । यो अहिलेसम्मकै दोस्रो उच्च हो । सो अवधिमा बाँकी विश्वसँगको व्यापारमा भारतलाई ११ अर्ब २० करोड डलर घाटा भएको छ ।  अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई) र बेसिल्जयमतर्फको निर्यातमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । मलेशिया, इरान र तान्जानियातर्फको निर्यातमा भने उच्च कमी आएको छ ।  यूएई, इराक र स्वीटजरल्याण्डबाट आयातमा उच्चतम् वृद्धि देखिँदा फ्रान्स, जर्मनी र काजकस्तानबाट हुने आयात सबैभन्दा धेरै घटेको छ ।  जुलाईमा सबैभन्दा धेरै पेट्रोलियम प्रडक्ट, इञ्जिनियरिङ गूड्ज र धातु तथा गरगहना निर्यात भएका छन् । शीर्ष आयातित वस्तुमा कच्चा तेल, सुन तथा बहुमूल्य धातु र वनस्पति तेल रहेका छन् । एजेन्सी

सम्बन्धित सामग्री

के भारतको गोलभेंडा संकट समाधानमा नेपालले भूमिका खेल्न सक्छ ?

भारतमा गोलभेंडाको आकासिंदो मूल्य कम गर्न मद्दत गर्नेगरी ठूलो परिमाणमा गोलभेंडा भारत निर्यात गर्ने इच्छा नेपालले प्रकट गरेको छ । तर यसका लागि नेपालले बजारसम्मको सहज पहुँचका साथै अन्य आवश्यक सुविधाहरुको माग गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले भारी वर्षाका कारण भारतमा गोलभेंडाको मूल्य कीर्तिमानी उच्च विन्दुमा पुगेपछि नेपालबाट आयात सुरु गरिएको बताएकी छिन् […]

भारतमा गहुँको उत्पादनले कीर्तिमानी उचाइ छुने ! निर्यात प्रतिबन्ध यथावत् रहने

काठमाडौं । यो वर्ष भारत (India)को गहुँ (Wheat) उत्पादनले नयाँ उचाई छुने अनुमान गरिएको छ । चालु बाली वर्ष अर्थात् जुलाईदेखि जुनको अवधिमा भारतमा ११ करोड २७ लाख ४० हजार टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । समग्रमा भने अन्नको उत्पादन ३३ करोड ५ लाख ३० हजार टनको नयाँ उचाइ छुने कृषि मन्त्रालयले बताएको छ । चालु वर्षमा ११ करोड २० लाख टन गहुँ उत्पादन गर्ने लक्ष्य सरकारको थियो । यो वर्ष उत्पादन सरकारी लक्ष्यलाई समेत उछिन्ने देखिएको छ ।  अघिल्लो बाली वर्षमा भने मुख्य गहुँ उत्पादक राज्यहरूमा लुका कारण १० करोड ७७ लाख ४० हजार टन मात्रै गहुँ उत्पादन भएको थियो । घरेलु स्तरमा गहुँको आपूर्ति कम हुन नदिने भारतले गएको वर्ष गहुँको निर्यात (Export)मा बन्देज लगाएको थियो । अहिले पनि सो प्रतिबन्ध हटेको छैन । गहुँको उत्पादनले नयाँ उचाइ छुने अनुमान आइरहँदा प्रतिबन्ध नफुकाइने केन्द्र सरकारले हालै मात्रै स्पष्ट पारेको थियो । एजेन्सी

डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा झर्‍यो टाकाको भाउ

काठमाडौं । अमेरिकी डलरको तुलनामा बंगलादेशी टाकाको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । अन्तर बैंक विनिमय बजारमा एक डलरको भाउ १०८ दशमलव ७५ टाकामा पुगेको छ । बंगलादेशको विदेशी मुद्रा विनिमय अभाव जारी रहँदा टाकाको भाउ दबाबमा आइरहेको छ । मे २२ मा डलरको तुलनामा टाकाको भाउ १०८ दशमलव ५ देखि १०८ दशमलव ७५ बीच थियो । यो एक वर्ष अघिको तुलनामा २४ दशमलव २८ प्रतिशत कम भएको बंगलादेश बैंकको तथ्यांकले देखाएको छ । यो महीना बजार खुला भएको हरेक दिन डलरको भाउ बढेको छ । मे १ मा विनिमय दर १०६ दशमलव ८ टाका थियो । आयातित वस्तुको उच्च भुक्तानी, सुस्ताएको  निर्यात आम्दानी अनि विप्रेषण आप्रवाहमा आएको कमीका कारण गएको एक वर्षयता टाकाको भाउमाथिको दबाब बढेको छ । एजेन्सी

रक्षा क्षेत्रमा भारतको कीर्तिमानी निर्यात

एजेन्सी । भारतले आर्थिक वर्ष २०२२/२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेकाे छ ।जुन अहिलेसम्मकै उच्च भएकाे गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन् । शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक ट्वीटर मार्फत यस्ताे लेख्नुभएकाे छ- ‘महान मेक इन इन्डियाको लागि भारतको प्रतिभा र उत्साहको स्पष्ट अभिव्यक्ति यस वर्षको रक्षा […]

अमेरिकी व्यापार घाटा कीर्तिमानी उचाईमा

वैशाख २२, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको व्यापार घाटा बढेर मार्चमा नयाँ उचाईमा पुगेको छ । सरकारले कोरोना भाइरसको महामारीबाट राहत दिन नगद वितरण गरेसँगै उपभोक्ताहरु माझ विदेशमा बनेका सामानको माग बढ्दा घाटा चुलिएको हो । मार्चमा बाँकी विश्वसँगको व्यापारमा अमेरिकालाई ७४ अर्ब ४० करोड डलर घाटा भएको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । घाटाको यो आकार सन् १९९२ को जनवरी यताकै उच्च हो ।  घाटा गत वर्षको सोही अवधिको तुलनामा भने ५७ दशमलव ६ प्रतिशत धेरै हो । समीक्षा अवधिमा चीनसँगको व्यापार असन्तुलन २२ प्रतिशतभन्दा धेरैले बढी ३६ अर्ब ९० करोड डलरमा पुगेको छ । मेक्सिकोसँगको घाटा पनि२३ दशमलव ५ प्रतिशतको वृद्धिसहित ८ अर्ब ४० करोड डलरमा उक्लिएको छ । स्टिमुलसका कारण अमेरिकीहरुले महामारीमा पनि खर्च गरिरहेको तर उच्च सम्पर्क उद्योगमा प्रतिबन्धले गर्दा उपभोक्ताहरुले घरेलुस्तरमा उत्पादित सामानको सट्टा आयातित सामानमा खर्च गइरहेको पीएनसीमा वरिष्ठ अर्थशास्त्री बिल एडम्सले भने । समीक्षा अवधिमा निर्यात ६ दशमलव ६ प्रतिशतले बढेर २ खर्ब डलरमा पुगेको भएपनि आयातमा भएको ६ दशमलव ३ प्रतिशतको वृद्धिका कारण यो ओझेलमा पर्‍यो । समीक्षा अवधिमा अमेरिकाको आयात २ खर्ब ७४ अर्ब ५० करोड डलरको थियो । एजेन्सी

धागो निर्यातमा बहार, आन्तरिक खपत बढ्न थालेपछि उद्योगले बढाउन थाले क्षमता

काठमाडौं। नेपाली उद्योगहरुले धागोमा कीर्तिमानी निर्यात व्यापार गरेका छन् । भारत, टर्की र भियतनाम लगायतका मुलुकबाट धागोको माग बढेपछि स्वदेशी

रुसको गहुँ निर्यात कीर्तिमानी उच्च

२०२०–२०२१ आर्थिक वर्षमा रुसले विश्वभरी गरेको गहुँको निर्यात कीर्तिमानी उच्च हुने भएको छ । यो २०१७–२०१८ को वर्षकै हाराहारीमा पुग्ने देखिएको सोभेकन अनुसन्धान केन्द्रले प्रकाशित गरेको तथ्यांकले देखाएको छ ।रुसी गहुँको आपूर्ति १० लाख टन (२.५प्रतिशत) ले बढेर ४ करोड ८० लाख टन पुग्ने अपेक्षा केन्द्रले गरेको छ । गहुँको नयाँ निर्यात २०१७–२०१८ को सबै […]

नर्वेको सी फुडको निर्यात कीर्तिमानी उच्च

नर्वेले गत वर्ष ९४.५ अर्ब नर्वेजियन क्रोनर अर्थात् ११.७ अर्ब डलर बराबरको २६ लाख टन सामुद्रिक खाना निर्यात गरेको नर्वेजियन सी फुड काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३ प्रतिशत (३ अर्ब क्रोनर) अर्थात् आयतनका आधारमा ७ प्रतिशतले बढी भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।