‘निर्मला र भागरथीका दोषीलाई कानुनी दायरामा ल्याउँछौ’

धनगढी – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएकाे पाँच दिन भइसकेको छ । भागरथी हराएकाे ६ दिन र मृत अवस्थामा भेटिएकाे पाँच दिन बितिसक्दा पनि दाेषी पत्ता लागेको छैन । मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन र अहिलेसम्म दोषी पक्राउ परेका छैनन् । भागरथीको घटनामा संलग्न पनि उम्केलान् भन्ने चिन्ता धेरैमा छ । तर सुदूरपश्चिम प्रहरीले भने दोषीलाई दण्डित...