नाम्जेको होमस्टेमा बढ्यो पर्यटकको चहलपहल

धरान । लामो समयदेखि थलिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा सञ्चालित होमस्टेमा पर्यटकीय चहलपहल शुरू भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलको निर्णयअनुसार होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । सागुरीगढी गाउँपालिका–६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द थिए । संक्रमणकै कारण केही समय उनीहरू कृषि पेशामा लागेका थिए । तर कोरोना संक्रमण घट्दै गएपछि नाम्चेका होमस्टेमा आन्तरिक पर्यटक आउन थालेका छन् । नाम्जेमा मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालन गरेका छन् । कोभिड शुरू हुनुअघि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक एक रात होमस्टेमा नबसी फर्किंदैन थिए । तर, कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएपछि होमस्टे पनि बन्द भए । कोरोनाको जोखिम कम हुँदै गएपछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि होमस्टे पुनः सञ्चालन गरिएको हो । कोेराना संक्रमण अवधिभर होमस्टे सञ्चालन नहुँदा १ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेका सञ्चालकहरू बताउँछन् । अहिले पुनः खुला भएर पर्यटक आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरू उत्साहित बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार रानामगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा लाखौंको आम्दानी गुमेको बताए । ‘कोरोना कहरले होमस्टे सञ्चालक ठूलो मारमा परे,’ उनले भने, ‘असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ अहिले केही फाट्टफुट्ट पाहुना आउने गरेको उनले बताए । उनका अनुसार विगतमा यहाँका होमस्टेमा दैनिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो । विराटनगरबाट ६–७ जनाको टोलीसहित नाम्जे होमस्टेमा बस्न आएका रवीन राजवंशीले लामो समयसम्म यहाँ आउने वातारण नमिलेको बताए । उनले भने, ‘हामी समय समयमा आउन गथ्र्यौं, तर कोरोनाका कारण २ वर्षपछि हामी आएका हौं, निकै आनन्द महसूस गरेका छौं ।’

सम्बन्धित सामग्री

घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ । घलेगाउँमा अहिले दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक आउन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन...

लमजुङमा पर्यटकको चहलपहल बढ्दो

लमजुङ – लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दसैँ बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् । होमस्टे व्यवसायीहरू पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको […]

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ। असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन्।...

होटलको सुविधाले पुनहिलमा पर्यटकको चहलपहल

म्याग्दी-पछिल्लो समय पर्यटकको रोजाइमा रहेको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीपछि गर्मियाम सुरु भएपछि देश तथा विदेशका पर्यटक आउन थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।“वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ” उनले भने । केही […]

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]

पोखरामा पर्यटकको चहलपहल

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ ।अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृंखलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् । सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएको पर्यटन व्यवसायी सोम थापा बताउँछन् । पोखरा […]

पोखरामा आन्तरिक पर्यटकको चहलपहल

पोखरा – पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ। माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

मनाङमा आन्तरिक पर्यटकको चहलपहल

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका कारण बन्द रहेका पदमार्गका होटल सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि आएको हो।  महामारीले धरासायी...

अन्नपूर्ण पदमार्गमा देखिन थाल्यो पर्यटकको चहलपहल

लमजुङ- कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन […]