अमेरिकाद्वारा दुई माविका भवन हस्तान्तरण

अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का नेपाल निर्देशक सेपिडे केभान्साडसँगै शुक्रबार काठमाडौंमा दुई ओटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गरेका छन् ।