नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लवलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण पदक एपीएफलाई

पाेखरा । सशस्त्र प्रहरीको एपीएफ टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा विभागीय प्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो । निर्धारित समय र थपिएको समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । पेनाल्टीमा सुरुवाती […]

नवौं राष्ट्रिय खेलकुद : टेवल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई […]

नवौं राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकी र सेनालाई स्वर्ण पदक

कास्की – टेनिसको टिम इभेन्ट तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टाेली नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालाकाे टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेलले जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई  ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदी...

नवौं राष्ट्रिय खेलकुद : पुरुष १०० मिटरमा शिवराजलाई स्वर्ण

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । शिवराजले १०.५५ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । आर्मीका युवराज विकले १०.५८ सेकेण्डमा दुरी पूरा गरेर रजत पदक जिते । आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेण्डको समयसहित कास्य पदक हात पारेका छन् । गत असारमा भएको […]

नवौं राष्ट्रिय खेलकुद : आर्मीको बर्चस्व

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । फेन्सिङमा […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ । एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै बागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पुर्‍याएको छ । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीकी शिक्षा नापितले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । योसँगै नापित पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाल आर्मीका रविना थापा र […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङले जित्यो ११ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  प्रदेशस्तरीय  प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुईवटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो । जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई,

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेताले २५ हजार रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।   यस्तै, टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले जनही १४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्वर्ण पदक विजेताले मात्रै नगद पाउने र रजत तथा कास्य पदक विजेता खेलाडीले मेडल र प्रमाणपत्र मात्रै प्राप्त गर्ने राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ ग...