जनमोर्चा देउवा सरकारमा सहभागी नहुने

काठमाडौं। राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ। बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले देखापढीलाई बताइन्। उनले भनिन्– ‘पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’ विपक्षी गठबन्धमा रहेको जनमोर्चासँग प्रतिनिधिसभामा एक सिट रहेको छ।

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनबाट बाहिरिनुलाई के भन्नुहुन्छ ?

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा एक सांसद रहेपनि जनमोर्र्चा सरकारमा सहभागी भने थिएन ।

जनमोर्चा गठबन्धनबाट बाहिरिए गण्डकी सरकारको भविष्य के होला ?

पर्वत : अमेरिकी सहयोग परियोजना जालझेल गरेर अनुमोदन गरेको भन्दै राष्ट्रिय जनमोर्चा पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चा बाहिरिएसँगै यसको तरङ्गले गण्डकी प्रदेश सरकारलाई पहिले छुन्छ।गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री बनाउने बेलामा निर्णायक भूमिकामा रहेको दल नै जनमोर्चा थियो। केन्द्रीय गठबन्धन तोडेको बेलामा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने बारेमा भने जनमोर्चाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि गण

सत्ता गठबन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । सोमबार बसेकोे पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको […]

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसदबाट षड्यन्त्रमूलक ढंगले पास गरी देशको सार्वभामिकता र अखण्डतामाथि आँच पुर्याएकाले अलग भएको उल्लेख गरेका छन् । केसीले गठबन्धनको औचित्य समाप्त […]

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन […]

राष्ट्रिय जनमोर्चा विभाजित

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहा

राष्ट्रिय जनमोर्चा एमालेमा समाहित !

जिल्लामाा राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।

गण्डकीका जनमोर्चा नेता थापा भन्छन्, ‘ह्वीपबारे थाहा छैन’

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले ह्वीपबारे आफूलाई जानकारी नभएको बताएका छन्।

राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक सम्पन्न

हेटौँडा । राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक २०७७ चैत १४ गते शिखरकोटको विकासघरमा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा अखिल नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष कृष्णबहादुर विष्ट, अखिल नेपाल महिला सङ्घ मकवानपुरका अध्यक्ष मीरा खड्कालगाएतको आतिथ्यता रहेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ, भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ मूल नाराका साथ बुटवलमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफल पार्ने सिलसिलामा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा मकवानपुरबाट सहभागी हुने प्रतिनिधिहरूको छनोट, सम्मेलनलाई सफल बनाउन प्रचार प्रसार, पर्चा वितरण, भेटघाट सदस्यता वितरण, आर्थिक अभियानलगायतका कामलाई क्षेत्रगत रूपमा विभाजन गरिएको जानकारी दिइएको छ । राष्ट्रिय जनमोर्चा मकवानपुरका सचिव दिनेश विष्टको सञ्चालन र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निरबहादुर सिन्तानको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा दुई ठाउँमा कोणसभा सम्पन्न

नवराज पौडेल/तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले मघ ७ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ र वडा नं. ४ मा कोणसभा सम्पन्न भएको राजमो कपिलवस्तुले जनाएको छ । शिवराज नगरपालिका वडा नं. ११ को थुनियागाउँमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । प्रतिनिधि सभाको पुनःस्थापना एक मात्र विकल्प रहेको बताउँदै उहाँले सङ्घीय व्यवस्थाले गर्दा करवृद्धि, महङ्गी, विखण्डन निम्ताएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो । त्यस्तै, शिवराज नगरपालिका वडा नं. ४ को वसन्तपुर चोकमा भएको कोणसभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले सम्बोधन गर्दै प्रचण्ड, केपीको आन्तरिक लडाइले देश अधिनायकवादतर्फ जान लागेकाले राजावादीहरूले गुमेको सत्ता फिर्ता लिन जोडबल गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो । सो अवसरमा दुवै ठाउँमा पर्चा वितरण, जनभेटघाट पनि गरिएको थियो ।