काठमाडौं । नेपालको पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ फाइनलनजिक पुग्दा राजनीतिक सहभागिता देखिन थालेको छ ।
शोमा रहेका प्रतिस्पर्धीहरूको पक्षमा रहेर राजनीतिक दलका नेताहरूले भोट माग्न थालेका छन् । विशेषगरी गृहजिल्लाका प्रतिस्पर्धीका पक्षमा नेताहरूले खुलेरै भोट माग्न थालेका हुन् ।
शोमा हाल भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापा, विकास...