सिंगापुर र भियतनामबाट सिक्नुपर्ने पाठ

आर्थिक विकासमा उदाहरणको रूपमा रहेका सिंगापुर र भियतनामको केही महीनाअघि भ्रमण गर्ने अवसर मिल्यो । उद्योग र व्यापारका क्षेत्र ती देशले अपनाएको नीति र सरकार निजीक्षेत्र सहकार्यका विश्वव्यापीकरणले उद्यम र व्यापारका आयामहरूलाई वैश्विक प्रतिस्पर्धामा अगाडि बढाएको अहिलेको अवस्थामा ती देश कसरी अगाडि बढेका रहेछन् भन्ने जानकारी लिन भ्रमण निकै उपलब्धिपूर्ण रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा भ्रमणको नेतृत्व मैले गरेको थिएँ । आर्थिक विकासका लागि केकस्ता उपाय अपनाउन सकिन्छ र विकसित अर्थतन्त्रबाट प्रविधि र स्रोत कसरी भित्र्याउन सकिन्छ भन्ने भ्रमणको मूल अभिप्राय थियो । यसैलाई लिएर वीरगञ्ज उद्योग वाणिज्य संघको बोर्ड बैठकसमेत भयो । बैठकले ती देशमा भएका विकासका अभ्यासको अध्ययन, अनुसरणसँगै त्यहाँबाट प्रविधि र लगानी भित्र्याउन पहल गर्ने निर्णय गरेको छ । तीव्र दरको आर्थिक विकासका लागि स्वदेशको लगानीमात्रै पर्याप्त छैन । तर, पटकपटक लगानी सम्मेलन गर्दा पनि सोचेअनुसार लगानी आउन सकेको छैन । प्रतिबद्धता आउने तर लगानी नआउने भइरहेको छ । त्यसैले अन्य देशले लगानी भित्र्याउन केकस्ता उपाय अपनाएका रहेछन्, त्यहाँको नेतृत्वको सोच के रहेछ, अन्य देशका लगानीकर्ताले हाम्रोबारेमा के धारणा बनाएका रहेछन् भन्ने कुराको भेउ पाउन अति आवश्यक हुन्छ । लगानी आकर्षण र आर्थिक रूपान्तरणमा अन्य देश र हामीकहाँको नीतिगत व्यवस्थामा के भिन्नता रहेछ भन्ने कुरामा सूक्ष्म अध्ययन र आवश्यकताअनुसार सुधार नगरी बाहिरको लगानी आउन सम्भव छैन । त्यसैले त्यहाँ गएर उनीहरूले अपनाएको उपाय अध्ययन गर्ने र उनीहरूलाई बोलाएर लगानी आह्वान गर्ने अभिप्राय भ्रमणको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघ र त्यहाँका निजीक्षेत्रका संघसंस्थाहरूसँग सम्बन्ध स्थापना र लगानी र प्रविधिमा सहकार्यको मूलभूत उद्देश्य पनि हो । हामीले त्यसअवसरमा सिंगापुर र भियतनाम दुवै देशका औद्योगिक कोरिडोरमा भ्रमण गर्‍यौं । त्यहाँ सञ्चालनमा रहेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, करप्रणालीको अभ्यास र नीतिगत व्यवस्थाहरूको अध्ययनको अवसर मिल्यो । त्यसबारेमा लामो छलफल पनि भयो । त्यहाँ करको दर विश्वमै सबैभन्दा कम रहेछ । औद्योगिक कोरिडोर र सेजको जग्गा लिँदा तिर्नुपर्ने दर पनि निकै कम रहेछ । हामीकहाँ लाग्ने १ महीनाको भाडाले त्यहाँ ५० वर्षका लागि जग्गा उपलब्ध हुने रहेछ । नेपालमा कुनै पनि उद्योगका लागि जग्गा पाउन निकै कठिन छ, पाइहाले पनि निकै महँगो छ । त्यसैले ती देशले अपनाएको उपाय हामीले अनुसरण गर्न आवश्यक छ । उद्योगका लागि चाहिने ऊर्जा, पानी, पानी प्रशोधन, वायु प्रशोधनजस्ता पूर्वाधारको प्रभावकारी प्रबन्ध मिलाइएका त्यस्ता औद्योगिक क्षेत्रहरूमा उत्पादनमा बाह्य अवरोध नै छैन । लगानीकर्ता त्यहाँ छिरेपछि उसको ध्यान उत्पादन र निकासीमा मात्र केन्द्रित हुने रहेछ । तर, हामीकहाँ भने औसत उद्यमी उद्योग व्यापारका आधारभूत कामभन्दा अनुत्पादन काममा समय खर्च गर्न बाध्य छ । सिंगापुर र भियतनाम भ्रमणका क्रममा त्यहाँका उद्योग र व्यापार संघहरूसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्ता समझदारीमा प्रविधि सहज रूपमा उपलब्ध गराउने, औद्योगिक मेला, सेमिनारहरूमा सहकार्य र सहभागिता बढाउनेजस्ता विषय छन् । उनीहरूले नेपालको जलविद्युत्, पर्यटनलगायतमा लगानीको चासो देखाएका छन् । यो आपसी सम्बन्ध र भोलिका दिन उद्योग र व्यापार प्रवद्र्धनका साथै लगानी आकर्षणको अभिप्रायले कोसेढुंगा नै हो । त्यहाँ निजीक्षेत्रले कसरी काम गरेको छ ? त्यहाँको सरकार, कर्मचारीतन्त्र, कार्यालय व्यवस्थापन कसरी भइरहेको छ ? त्यहाँको ट्रेड युनियन र श्रम सम्बन्ध केकस्तो छ ? यस्ता धेरै विषयमा धेरै कुरा सिक्ने मौका मिल्यो । अन्य देशका निजीक्षेत्रमा संघ/संस्थासँग भगिनी सम्बन्ध स्थापित गर्दै सहकार्यमा आयामहरू विस्तार गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको यो वीरगञ्ज उद्योग वाणिज्य संघको इतिहासमै पहिलो पटक हो । हामीले यी दुई देशको भ्रमण गरेर थालेको अभियानको स्वामित्व अब सरकारले लिनुपर्छ र त्यसलाई सहकार्य र नीतिगत व्यवस्थापनका लागि औपचारिकता दिनुपर्छ, यो प्लेटफर्मलाई सरकारले औपचारिकता दिनुपर्छ । यो शुरुआत मात्रै हो, अब अर्को यात्रा सरकार र निजीक्षेत्रको संयुक्त सहभागितामा हुनुपर्छ । हामीले समझदारीपत्रमा हस्ताक्षर गरेका छौं । अब सरकारले लगानी भित्र्याउन सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । हामीले बाहिरको लगानी ल्याउन चाहेको हो भने भनेरमात्र हुँदैन, त्यसअनुसार नीति र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । कुनै प्रकारका अवरोधमुक्त औद्योगिक क्षेत्र चाहिन्छ । उद्योग व्यापारमा भन्सार, कर, राजस्व अनुसन्धानजस्ता सरकारी निकायबाट कुनै प्रकारको अनावश्यक हस्तक्षेप र अवरोध हुनु हुँदैन भन्ने सिंगापुर र भियतनामको अभ्यासले देखाएको छ । सिंगापुर त आर्थिक विकासमा धेरै अगाडि बढेको छ । हामीले कम्तीमा भियतनामबाट सिकेर अगाडि बढ्यौं भने पनि धेरै गर्न सकिन्छ । भियतनाम र हाम्रो आर्थिक विकासको अवस्था अहिले करीबकरीब उस्तै छ । त्यो देश जसरी अगाडि बढेको छ, त्यसका सकारात्मक पक्षलाई सापेक्ष अभ्यासमा ल्याउने हो भने आउँदो १० वर्षमै हाम्रो देशको मुहार फेर्न सकिन्छ । हामीकहाँ त लगानी वातावरणको कुरामात्रै हुन्छ, यथार्थमा पछिल्लो समयमा तहगत सरकारका अनावश्यक अवरोधहरू ह्वात्तै बढेका छन् । निजीक्षेत्र उत्पादन र व्यापार बढाउन केन्द्रित हुने वातावरण नबनेसम्म आर्थिक अग्रगतिको बाटो तयार हुँदैन । यसका लागि सापेक्ष प्रणाली बसाउनु जरुरी छ । निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा अन्तरराष्ट्रिय जगत् र नेपालमा धेरै फरक छ । निजीक्षेत्रले आफ्नो लगानीमा उत्पादन र व्यापारमात्र गर्दैन, रोजगारी सृजना गर्छ र राज्यलाई कर तिर्छ । निजीक्षेत्रलाई होच्याएर, अपमान गरेर त्यहाँ कुनै पनि हालतमा आर्थिक विकास हुन सक्दैन । त्यसैले निजीक्षेत्रप्रति सम्मानजनक वातावरण र व्यवहारको खाँचो छ । एकाध खराब प्रवृत्तिलाई लिएर सिंगो निजीक्षेत्रलाई सधैं आशंकाको दृष्टिले हेर्ने र अपमानित गर्ने परिपाटीले आर्थिक विकासको सम्भावना विस्तार हुँदैन । (वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुप्तासँग गरिएको कुराकानीमा आधारित ।)

सम्बन्धित सामग्री

जय सिंगापुर जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक स्पोर्ट्सअन्तर्गत मोटर स्पोर्ट्स क्याटगोरीमा सहभागी हुन जयप्रताप मास्के बुधबार सिंगापुर जाने भएका छन् । भर्चुअल प्रतियोगिता जुन २२ देखि २५ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमाल र प्रकाश कुसारीले मंगलबार […] The post जय सिंगापुर जाने first appeared on Hamro Khelkud.

राजापाक्षेले सिंगापुर पुगेर इमेलबाट राजीनामा दिए

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएका छन् । उनले बिहीबार सिंगापुर पुगेर राजीनामा दिएका हुन् । सिंगापुर ओर्लिएको केही समयपछि देशका सभामुख महिन्दा यापा आबेवर्देनालाई इमेलमार्फत राजीनामापत्र पठाइएको थियो । राजीनामापत्र इमेलबाट आएकाले त्यसको...

सिंगापुर सरकारले भन्योः राजापाक्षेलाई राजनीतिक शरण दिइएको छैन

सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ। मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने, ‘श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो। उनले राजनीतिक शरण मागेका छैनन्। र कसैलाई राजनीतिक शरण दिइएको छैन। सिंगापुर सामान्य रूपमा राजनीतिक […]

सिंगापुर उडे राजापाक्षे

एजेन्सी- देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन्। उनलाई लैजान बिहीबार एउटा निजी जेट माल्दिभ्स पुगेको थियो। तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए। राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए। तर, सुरक्षाको कारणले गर्दा […]

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे

कोलम्बो – देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ […]

कसरी समृद्ध भयो सिंगापुर ?

नेपालमा लामो समयदेखि विकास र समृद्धिको बहस चलिरहेको छ। नेताहरुको भाषणमा देखिने समृद्धि व्यवहारमा लागू भने हुन सकेको छैन। कुनै समय नेपालभन्दा गरिब र एउटा माछा मारेर गुजारा गर्ने सिंगापुर नेपालका लागि गतिलो उदाहरण हुनसक्छ। नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, सिंगापुर। नेपाली नेता र सर्वसाधारणले अझै पनि सिंगापुरका राष्ट्रनायक […]

सिंगापुर सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : सिंगापुर सरकारले नेपाललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ। सिंगापुर सरकारले प्रदान गरेको गाउन, एप्रोन, मास्क, रेस्पिरेटर, टेस्ट किट, पीसीआर मेसिन र थर्मोमिटरसहितको स्वास्थ्य सामग्रीहरु आज दिउँसो काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा सहयोग गरेकोमा सिंगापुर सरकारलाई नेपाल सरकार हार्दिक…

सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने

धरानमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज १० गते देखि १२ गते सम्म चल्ने आयोजकले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए । त्यस्तै गरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले

२० वर्षपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान

४ साउन, काठमाडौं । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसँगै अब सिंगापुर एयरलाइन्सले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ । सोही सिलसिलामा आइतबार नेपालमा करिब २० वर्षपछि सिंगापुर एयरलाइन्सको जहाज अवतरण गर्‍यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सिंगापुरको राष्ट्रिय ध्वजाबाहक सिंगापुर एयरलाइन्सले सिल्क एयरलाई आफुसँगै गाभेको […]

कोरोनाकालमा बस्न लायक देश सिंगापुर

बीबीसी। ब्लुमबर्गको रिपोर्टले सिंगापुर कोरोनाकालमा सबैभन्दा सुरक्षित रहेको देखाएको छ।त्यो सानो मुलुकले न्युजिल्यान्डलाई पछि पार्दै बस्न लायकको मान्यता पाएको हो।सुरक्षित देशको सूचीमा पर्न कोरोना संक्रमणको अवस्था र घुमफिरको स्वतन्त्रतासम्मको मूल्यांकन गरिन्छ।भ्याक्सिन लगाउने क्रम तीव्र भएका कारण सिंगापुर पहिलो सुरक्षित देश बन्न पुगेको हो। न्युजिल्यान्डमा भ्याक्सिन निकै सुस्त छ। संसारका कतिपय देश कोरोनाले हायलकायल भइरहँदा सिंगापुर लगभग सामान्य अवस्थामा छ।