जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता जनतालाई दुःख दिनका लागि नआएको बताएका छन्। बिहीबार जनकपुरधाममा शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशनसमेत दिए।जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम भन्दै मुख्यमन्त्री यादवले प्रश्न गरे। उनले मधेश प्रदेशको