कोरोना नियन्त्रणमा ३३ करोड खर्च

बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोे छ । आर्थिक वर्ष २०७७÷७८ मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोख्रेलले जानकारी दिए । यसैगरी मन्त्रालयले विभिन्न स्थानीय...

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

२९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, […]

कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब

काठमाडौँ– सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ […]

छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।

कोरोना नियन्त्रणमा लेनोभोले भारतलाई आठ करोड दिने

एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।

५० करोड विकासे रकम कोरोना नियन्त्रणमा

कर्णाली प्रदेश सरकारले विकासे रकम कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि खर्च गर्ने भएको छ। कर्णालीले तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ।...

चैतयता कोरोना नियन्त्रणमा १८ अर्ब खर्च

संघीय सरकारद्वारा ९ अर्ब खर्चसरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा विगत १० महिनामा १८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।गत वर्षको चैतदेखि चालू आर्थिक वर्षको पुससम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको देखिएको हो । अर्थ मन्त्रालयका अनुसार सरकारले संक्रमण नियन्त्रण गर्न गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड […]

कोरोना नियन्त्रणमा सरकारले १३ अर्ब ३६ करोड खर्च गर्‍यो

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ-सञ्चार तथा सूचना प्रविधिमन्त्री  डा. युवराज खतिवडा  १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरे। डा. खतिवडाले...

प्रदेश १ सरकार दियो कोरोना रोकथाम र नियन्त्रणमा करिव २६ करोड खर्च भएको विवरण

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश १ सरकारले २५ करोड ८३ लाख खर्च गरेको जानकारी गराएको छ