प्रधानमन्त्री वा राष्ट्रपति नपाए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुईमध्ये एक पनि नपाए गठबन्धन छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले दुवै पदमध्ये एक पनि नपाएको अवस्थामा प्रतिपक्षमै बस्ने निर्णय गरेको एक नेताले जनाए । उनकाअनुसार पहिलो चरणको प्रधानमन्त्रीमा माओवादीको दाबी यथावत छ । […]

सम्बन्धित सामग्री

राष्ट्रपतिबारे माओवादीको निर्णय कुर्दै कांग्रेस

कांग्रेसले माओवादीसँगको समझदारीमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ । सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ ।

जनार्दन शर्मा र पम्फा भुसाललाई  सरकारमा पठाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । उनीहरुको मन्त्रालयबारे भने टुंगो नलागेको माओवादी स्रोतले जनाएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।

राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने माओवादीको निर्णय

नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको विरुद्ध सबैसँग एकतावद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडि बढाउने निर्णय गरको नेता नारायणकाजी श्रेष्ठल