सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुन सक्छ : कोइराला

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। आफ्नो पक्षको भेलाअघि संचारकर्मीसँग बोल्दै कोइरालाले सभापतिको 'लाइक' र 'डिस्लाइक'बाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका हुन्।‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ।’ उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको हो? हामी जान्न