घरजग्गाको गाँठो नफुकाएसम्म अर्थतन्त्रको 'चक्का' घुम्दैन

घरजग्गाको गाँठो नफुकाएसम्म अर्थतन्त्रको 'चक्का' घुम्दै घुम्दैन । अहिलेकै अवस्थामा घरजग्गा क्षेत्र चलायमान हुँदैन । त्यसकारण घरजग्गा क्षेत्र चलायमान बनाउन सरकारले राष्ट्र बैंकको नीतिलाई हस्तक्षेप गरेर भए पनि आकस्मिक निर्णय गर्नुपर्छ ।  पछिल्लो एक दशकको नेपालको अर्थतन्त्र घरजग्गा क्षेत्रले नै चलायमान बनाएको छ । अहिले पनि घरजग्गा क्षेत्र चलायमान बनाउने गरी सरकारले केही निर्णय गरेको खण्डमा १५ दिनभित्र यसको सकारात्मक असर अर्थतन्त्रमा पर्छ । कित्ताकाट सहज बनाएर अलिकति ऋण लगानी गरिदिने हो भने बैंकले ५ रुपैयाँ लगानी गरेर १० रुपैयाँ फिर्ता पाउनेछ ।  घरजग्गामा लगानी गर्न नपाउँदा विदेशबाट आएको रेमिट्यान्स सबै अन्य कुरामा खर्च भइरहेको छ । महिनाको ३० हजार रेमिट्यान्स पठाउने युवाले १० लाख रुपैयाँ एकमुष्ट जोडेर त घडेरी किन्न वा घर बनाउन सक्दैन । तर, ५ लाख रुपैयाँ बैंकले हालिदिने हो भने उसले ५ जना साथीभाइबाट सरसापट गरेर ५ लाख रुपैयाँ जुटाएर जग्गा किन्न सक्छ । अनि बैंकले ५ लाख रुपैयाँ लगानी गर्दा केही समयभित्र उसको प्रणालीमा १०÷१२ लाख रुपैयाँ आउँछ । यसले तरलताको समस्या पनि समाधान गर्छ भने ब्याजदर पनि घट्छ ।  जग्गै नकिनेकाले जग्गा किन्छन् भने जग्गा भएकाले घर बनाउन शुरु गर्छन् । जग्गाको पैसा तिरिसकेपछि उनीहरू पनि घर बनाउन शुरु गर्छन् । एउटा घर बनाउनको लागि जे जति सामाग्री आवश्यक हुन्छन्, ती सबै उद्योगको माग बढ्छ । सिमेन्ट, डन्डी, गिट्टी, बालुवा, इँटा, पेन्ट्स, आल्मुनियम, काठ, बत्ती, पंखा, एसी, बिजुलीका तार, स्वीच, धाराका सामान, भान्साका सामान, बाथरुमका सामान, टायल, मार्बल, कार्पेट, फर्निचर, पर्दा, बेड, गमला, नर्सरी लगायतका करीब ३ दर्जन उद्योगका उत्पादन एउटा घर बनाउन चाहिन्छन् । घर बनाउने मजदुर, धारा बनाउने पलम्बर, वायरिङ गर्ने इलेक्ट्रिसियन, कलर लगाउने पेन्टरले नयाँ घर बनाउनेबित्तिकै काम पाउँछन् । सेवा क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नक्सा बनाउने इन्जिनियरदेखि वास्तु विज्ञान हेर्ने ज्योतिषीसम्मले थप व्यापार पाउँछन् । घरजग्गा क्षेत्रलाई हिट गर्ने नीति आयो भने यतिका धेरै उद्योगको माग बढ्छ, मजजदुरले काम पाउँछन् । अर्थतन्त्र तलैसम्म चलायमान हुन्छ ।  नेपाल उद्योग वाणिज्य महासंघमा रहेका १२३ ओटा वस्तुगत संघहरू नै अहिले समस्यामा छन् । सरकारले यी सबै उद्योगको छुट्टाछुट्टै नीतिगत निर्णय गरेर समस्या समाधान गर्न सके औद्योगिक विकास निकै द्रुत गतिमा हुन्छ । यी सबै उद्योग चलायमान बनाउन पनि पहिला त घरजग्गा क्षेत्र नै चलायमान हुनुपर्छ । यसका लागि सरकारले अहिले उपत्यकामा कायम गरेको कर्जा रेसियो ३० प्रतिशतबाट बढाएर ५० देखि ६० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशतबाट बढाएर ६० देखि ६५ प्रतिशत गर्नेबित्तिकै घरजग्गा क्षेत्र चलायमान हुन्छ । अहिले कायम गरेको ३० प्रतिशतको कर्जा रेसियो भनेको त घरजग्गामा लगानी नै नगर भनेसरह हो ।  अहिले घरजग्गाको मूल्य थप घट्छ की भनेर रेमिट्यान्स पनि घरजग्गा क्षेत्रमा आएको छैन । खाडीमा गएर महीनाको ३० हजार रुपैयाँ कमाउनेले बैंकबाट सापटी नपाएसम्म जग्गा किन्न सक्दैन । जग्गा किन्न नपाएपछि, घर बनाउन नपाएपछि त्यो पैसा विलासिताका अन्य वस्तु खरीदमा खर्च हुन्छ । अनि जसरी आएको हो त्यसैगरी पैसा विदेशिन्छ । त्यो पैसालाई देशभित्रै रोक्ने बलियो औजार त घरजग्गा नै हो ।  हो, नेपालमा घरजग्गाको मूल्य अचाक्ली बढेको थियो । अहिले त्यो नियन्त्रणमा आएको छ । घरजग्गाको अप्राकृतिक मूल्य वृद्धि नियन्त्रण गर्ने र कारोबार चलायमान बनाउने कुरा सरकारकै हातमा हुन्छ । पान पसलेलाई पनि जग्गा कारोबारमा बिचौलिया हुने अवसर सरकारले नै दिएको हो । अप्राकृतिक व्यक्तिको प्रवेश भएर नै घरजग्गाको मूल्य पनि अप्राकृतिक तरिकाले बढेको हो । यसको लागि त घरजग्गा कारोबार पनि अनुमति प्राप्त ब्रोकरबाट मात्रै गर्न पाउने व्यवस्था सरकारले गर्नुपथ्र्याे ।  अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन घरजग्गाको गाँठो फुक्नै पर्छ । उद्योगधन्दा चलायमान बनाउन पनि घर बनाउने काम शुरु हुनै पर्छ । अहिले सबैको मनोबल गिरेको अवस्था छ । सरकारले योभन्दा असहज अवस्था आउन दिँदैनौ भनेर प्रतिबद्धता गर्नेबित्तिकै घरजग्गामा लगानी आउँछ । अहिले घरजग्गामा ५ करोड रुपैयाँ लगानी आयो भने त्यसले अर्थतन्त्रका सबै क्षेत्रमा हिट गरेर २५ करोड बनेर बैंकिङ प्रणालीमा आउँछ ।  यसका लगि सरकारले एकपटक राष्ट्र बैंकको स्वायत्त नीतिमा हस्तक्षेप गर्नै पर्छ । बैंकिङ सिन्डिकेटमाथि पनि हस्तक्षेप गर्नै पर्छ । ऋणको ब्याजदर ६ देखि ९ प्रतिशतको बीचमा मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्छ । बचतको ब्याजदर ४ देखि ६ प्रतिशतमा सीमित गर्नुपर्छ । यसको लागि अहिले १० प्रतिशतभन्दा माथि पुगेको बैंकको बेस रेट घटाएर ६ प्रतिशतमा सीमित गर्नुपर्छ । बेस रेटमा शून्य दशमलव २५ प्रतिशतदेखि २ प्रतिशतसम्म मात्रै प्रिमियम लिने गरी सरकारले कठोर निर्णय गर्नैपर्छ । बैंकमा पैसा राखेर ब्याज खाने बानी अर्थतन्त्रको लागि निकै घातक हो । बैंकले धेरै ब्याज दिँदैन भन्नेवित्तिकै त्यो पैसा उत्पादनशिल क्षेत्रमा आउँछ आउँछ । पैसा हुने मान्छेले दराजमा पैसा राखेर बस्दैनन् । त्यो कुनै न कुनैरूपमा बैंकिङ प्रणालीमै आउँछ । अहिले संकटको घडीमा पनि बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छैन । उनीहरूले सञ्चालन खर्च घटाउनेबित्तिकै अहिलेको भन्दा ५० प्रतिशत कम नाफा गर्दा पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छन् ।  वाणिज्य बैंकसँगै विकास बैंक र फाइनान्सले पनि त्यही रेसियोमा ब्याजदर घटाएर खर्च कटौती गर्नुपर्छ । सहकारी संस्था भने उद्देश्य अनुसार नचलेकाले यिनलाई छुट्टै नियमन गर्नुपर्छ, जुन उद्देश्यले सहकारी खुलेको हो त्यसैमा केन्द्रित हुनुपर्छ ।  - नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष वाग्लेसँगको कुराकानीमा आधारित  

सम्बन्धित सामग्री

बैंकिङ क्षेत्रमा पनि समस्याग्रस्त अर्थतन्त्रको असर

मुलुकको समस्याग्रस्त अर्थतन्त्रको असर बैंकको ‘ब्यालेन्स सिट’ मा परेको छ।

हाम्रो अर्थतन्त्रको मेरुदण्ड के हो ?

हाम्रो देशको अर्थतन्त्रको मुख्य क्षेत्रलाई लिएर विभिन्न नारा प्रचलनमा रहने गरेको त हामीले सुनेकै छौं । पुस्तैपिच्छे फेरिने यस्ता नारा अब सालै पिच्छे, सरकारै पिच्छे र व्यक्ति पिच्छे फेरिने भएको छ । सबैलाई हाम्रो अर्थतन्त्रको मेरुदण्ड र प्राथमिकता निर्धारण गर्ने भूत सवार भएको छ । सबैलाई आफैंले तोकेको क्षेत्र विशेष लाग्छ र राज्यले विशेष रूपमा […] The post हाम्रो अर्थतन्त्रको मेरुदण्ड के हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थतन्त्रको विस्तार र लगानी खुम्चियो

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण अर्थतन्त्रको विस्तार र लगानी खुम्चिएको छ।

अर्थतन्त्रको सुस्तता

चालू आर्थिक वर्षको सुरुका महिनामा मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तताले आगामी दिनका लागि राम्रो संकेत गरेको छैन । यो वर्ष विगतका जस्तै कोभिड महामारी, भूकम्पलगायतका समस्या नदेखिए पनि अर्थतन्त्रको गति निकै सुस्त बनेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षका सुरुका तीन महिनाको तथ्यांकले यो वर्ष अर्थतन्त्रको विस्तार निकै सुस्त हुने […]

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाइ छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ...

अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती

आजभोलि नेपालका गल्लीगल्लीमा या त राजनीतिक विषयमा छलफल हुने गरेको पाइन्छ, या त अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा । यस लेखमा राजनीतिक विषयको चर्चा नगरीकन नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणी गरेको सुनिन्छ । तर, हाम्रो अर्थतन्त्र जतिसुकै जटिल र […]

‘अर्थतन्त्रको संवाहक निजी क्षेत्र’

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल प्लाईउड उत्पादन संघको २३औँ साधारणसभामा आज धुलिखेलमा उनले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् । ‘अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको […]

प्रदेशबीच अर्थतन्त्रको आकारमा ९ गुणासम्म अन्तर

मुलुकका सात प्रदेशबीच अर्थतन्त्रको आकारमा ज्यादै फराकिलो अन्तर देखिएको छ। सात प्रदेशमध्येको ठूलो अर्थतन्त्रको आकार बाग्मतीभन्दा कर्णाली प्रदेशको अर्थतन्त्र ९ गुणाले कम देखिएको हो।...

एक वर्षमा ५ खर्बले बढ्यो अर्थतन्त्रको आकार

१३ वैशाख, काठमाडौं । नेपाली अर्थतन्त्रको आकार एक वर्षमा ५ खर्ब रुपैयाँले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ […]

अर्थतन्त्रको संरचनागत सुधारमा ध्यान देऊ

अर्थतन्त्रको संरचनामा आएको परिवर्तनका कारण नै अर्थतन्त्रको आकारमा वृद्धि देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को तथ्यांकले एकपटक नेपालका नीति निर्मातालाई घोत्लिनुपर्ने बनाइदिएको छ । किनकि लामो समयदेखि नेपाली अर्थतन्त्रमा संरचनागत परिवर्तनको खाँचो देखिएकोमा अर्थतन्त्रको संरचनामा स्वतः परिवर्तन आइरहेको देखिन्छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा रहेको कृषिमा वैश्विक […]