तारा एयरले भन्यो– हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई  राखिएको जनाएको हो । एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ ।  तारा एयरको ट्वीनअट

सम्बन्धित सामग्री

तारा एयर अपडेटः सेनाको हेलिकोप्टर जान नसक्दा ६५ जनाको टोली पैदलबाट जाँदै

काठमाडौँ – तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन। सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ। तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए। हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत […]