मनाङमा पर्यटक

मनाङ, २४ चैत । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ जाँदै विदेशी पर्यटक । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १०० देखि १५० विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । तस्बिरः नवीन लामिछाने÷रासस

सम्बन्धित सामग्री

पछिल्लो ११ महीनामा २० हजारभन्दा बढी पर्यटक मनाङ पुगे

मनाङ ।कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् । सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् । मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताए । उनले भने, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उनि जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् ।

चिसोमा पनि मनाङमा पर्यटक

हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न […]

मनाङमा पर्यटक बढे

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तीव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ ।अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिइन् । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।...

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

काठमाडौँ– दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ […]

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।  अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् ।युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका हुन् । सो अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपेली पर्यटक आएका हुन् । युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका

विमान चार्टर्ड गरेर मनाङमा पर्यटक

हिमाली जिल्ला मनाङमा विमान चार्टर्ड गरेर पर्यटकहरू पुगेका छन् । जिल्लाको हुम्डे विमानस्थलमा विमान अवतरण गरी दुईजना इजरायलीसहित २९ जना पर्यटक मनाङ पुगेका हुन् ।गत असार १ गते आएको बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि चार्टर्ड विमानमार्फत स्वदेशी तथा विदेशी पर्यटक मनाङ पुगेका हुन् । मास्टर हिमालयन नामक संस्थाले समिट एयरको विमान चार्टर्ड गरी स्वदेशी […]

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

मनाङ । लामो समयदेखि कोभिड–१९ संक्रमणका कारण पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिरोले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोना भाइरस संक्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई ध्यानमा राख्दै गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए । प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासंघलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिरोले क्षति पु¥याएको पाइएको उनले बताए । ‘पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ, अब पर्यटक भिœयाउन हामी तयार छौं,’ उनले भने, ‘जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।’ पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए । उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहोरमैला व्यवस्थापन र खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ । जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउने क्रम शुरू भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए । ‘अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । २ वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ,’ अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने । पदमार्ग अन्तर्गत तलेखु–भ्राताङ भीरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भीर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादशैंसम्म सञ्चालन गर्ने तयारीमा छ । रासस

मनाङमा पर्यटक आगमन बढ्यो, साढे २८ हजार भित्रिए

मनाङ : यस वर्ष अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्या बढेको छ। यस पदमार्गमा आउने पर्यटकको तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी पर्यटक सन् २०१८ मा मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।  यस वर्ष २८ हजार ५३४ जना विदेशी पर्यटक भित्रिएका तथ्यांक छ। यस वर्ष दैनिक ३६० भन्दा बढी पर्यटक भित्रिएको थि...