मिरगञ्ज पुल सञ्चालन गर्न भारतीय गृहमन्त्रीलाई मोरङ व्यापार संघको आग्रह

मिरगञ्ज पुल सञ्चालनको माग गर्दै मोरङ व्यापार संघले भारतीय गृहमन्त्री अमित साहलाई ज्ञापन पत्र बुझाएको छ । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले भारतीय गृहमन्त्री साहसँग यस्तो माग गरेको हो । बिहार आएका गृहमन्त्री साहलाई किसनगँजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठीसहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनीत सिंघानीयाले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै साहले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखि बन्द