जो चार दिनदेखि खोप कार्डका लागि अस्पतालको गेट कुरिरहेका छन्

काठमाडौं : साउदी अरब जाने तयारीमा रहेका लमजुङका रोशन देव तामाङ गत हप्ता शुक्रबार बिहान काठमाडौं आइपुगे। वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्ध खोप दिने समाचार सुनेर उनी राजधानी आएका हुन्।तामाङले शुक्रबार ५ घण्टा लाइनमा बसेर जोन्सन एण्ड जोन्सन खोप लगाए। भने, ‘राहदानी र भिसा देखाएर खोप लगाउन पाइयो।’स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दियो। सो कार्डमा नेपालीमा लेखिएकाले विदेशमा मान्यता दिएको छैन। त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था