शेरबहादुर देउवाको विपक्षमा छु, उहाँ निर्दलीय प्रधानमन्त्री हो : मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाण्डाै महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने कार्यक्रममा मेयर यस्तो बताउनुभएको हो ।  ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘तर अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहनुभएको छ । अहिले देशमा दलको प्रधानमन्त्री छैन ।’ शाक्यले अहिले पालिका र प्रदेश...