सभामुख सापकोटाद्वारा पुरानो संसद भवन अवलोकन

काठमाडौं, साउन १८ । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनुभयो । भूकम्पले क्षति […]

सम्बन्धित सामग्री

सिंहदरबारबाट प्रचण्डको निरीक्षणदेखि निर्देशनसम्म (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार क्षेत्रको अवलोकन गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । सो क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।  प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् । यसैगरी प्रधानमन्त्रीसले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका थिए ।  सो क्रममा मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा बिस्तृत जानकारी...