सिद्धार्थ बैंकलाई कामना सेवा फुटसल उपाधि

काठमाडौं (अस) । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’  प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ«े बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थका तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ«ेका तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बन्यो । प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । बैंक सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई कामना सेवा विकास बैंक सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघ अध्यक्ष श्री गोविन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साललगायतले मेडल, ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरे । फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीसमेत गरी २४ टिम सहभागी थिए ।

सम्बन्धित सामग्री

‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकलाई

काठमाडौं, १२ पुस । ‘कामना सेवा फुटसल कप २०२१’ को विजेता सिद्धार्थ बैंक भएको छ । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले पाएको हो । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्प्रधि […]

‘कामना सेवा फुटसल कप’ २०२१ को उपाधि सिद्धार्थ बैंकलाई

कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे ।  टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछ

सिद्धार्थ बैंक च्याम्पियन

सिद्धार्थ बैंकले कामना सेवा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धन्यन्तरी फुटसल मैदानमा सम्पन्न फाइनलमा सिद्धार्थले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २–० ले हराएको थियो ।