जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत

१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् । देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए …