सामाजिक सुरक्षा कोष : सरकारले अनिच्छुक बैंकलाई तत्काल ताकेता गर्न नपाउने

काठमाडौं । सरकारले तत्काल अनिच्छुक बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा ताकेता गरी आबद्ध गराउन नपाउने भएको छ । सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नचाहने बैंकहरूलाई सूचीकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । साथै उक्त मुद्दा संयुक्त इजलाशमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेशीमा चढाउन पनि सर्वाेच्चले मंगलवार आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलाशले रिटलाई पूर्ण सुनुवाइमा विस्तृत छलफल गर्नुपर्ने निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै सो उत्प्रेषण जारी गरेको हो । निवेदनमा उठाइएका कतिपय प्रश्नहरू दुवै पक्षको लिखित जवाफ प्राप्त भएपछि हुने पूर्ण सुनुवाइमा विस्तृत छलफल गरी निष्कर्षमा पुग्नुपर्ने अवस्था आएको आदेशमा ठहर गरेको छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनबमोजिम स्थापित तथा नियमन भइरहेको बैंक तथा वित्तीय संस्थाहरू स्वेच्छाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन गएको अवस्थामा बाहेक सो कोषमा सूचीकृत हुन नचाहने बैंकहरूलाई सूचीकृत गराउने सम्बन्धमा भए गरिएका सम्पूर्ण कामकारबाही तथा निर्णयहरू प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्नुपर्ने देखिएकाले’ आदेशमा भनिएको छ । सर्वाेच्चको संयुक्त इजलाशमा राय बाझिएपछि मुद्दाको पेशी पूर्णइजलाशमा सरेको थियो । सामाजिक सुरक्षा कोषमा आबद्धताको अनिवार्य नीतिले खाइपाई आएको तलब सुविधासमेत घट्ने गरी विभेदकारी नीति लिएको भन्दै जेठ १६ मा २२ ओटा वाणिज्य बैंकहरूका कर्मचारी र तिनी सम्बद्ध संगठनहरूले सर्वाेच्चमा रीट दायर गरेका थिए । सामाजिक सुरक्षा कोषले गत असार मसान्तभित्र दर्ता भइसक्न ताकेता दिँदै आएको थियो । बैंकका कर्मचारीहरूले भने कोषको निर्णय संविधानअनुसार सम्पत्तिको हकमा राज्यको दाबी नहुने जिकीर गरेका थिए । कोषले असार मसान्तसम्म दर्ता हुने कर्मचारीले अवकाश हुँदा जम्मा भएको एकमुष्ट पैसा पाउने सुविधा दिइएकोमा अधिकांश सहभागी भएका थिएनन् । कोषले साउन १ गतेबाट दर्ता हुनेले अनिवार्य रूपमा पेन्सनमै जानुपर्ने व्यवस्था लागू गरिसकेको छ । २७ ओटा वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन् । कोषमा प्रतिकर्मचारी ३१ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले कार्यरत संस्थामार्फत खाइपाई आएको सुविधा नघट्ने ग्यारेन्टी गरिनुपर्ने, कोष अनिवार्य नभएर स्वैच्छिक हुनुपर्ने, दोहोरो कर हट्नुपर्ने, बीमा, निजामती कर्मचारी र निजीक्षेत्रको भेदभाव हट्नुपर्नेजस्ता विषयलाई मुख्य एजेन्डाका रूपमा राख्दै आएका छन् ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक: मन्त्री श्रेष्ठ

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए। रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरवलोकन गर्नुपर्ने मन्त्री […]

सामाजिक सुरक्षा कोष   पुर्नःसंरचना  आवश्यक : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताए ।रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरावलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव एक

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद

सामाजिक सुरक्षा कोष र बैंकहरूबीच टसल– बैंकर्सहरू आन्दोलित, कहाँ मिलेन कुरा ?

पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् । कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ । मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् । ‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

काठमाडौं, असार ९ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन भनेपछि बैंकका कर्मचारीहरूले स्वैच्छिक गर्न दबाब दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति भएको झूटो विवरण पेश गरेर सबैलाई बाध्यकारी बनाउन खोजेको वित्तीय कर्मचारी संघहरूले आरोप लगाएका […]

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]