कोरोनाले बदल्यो ओलम्पिकको नियम, विजेताले आफैं राख्नुपर्नेछ गलामा मेडल

ओलम्पिकमा भाग लिने हरेक खेलाडी सपना मेडल जित्नु हुन्छ । जीत हासिल गरेपछि ती खेलाडीलाई पोडियममा राखेर मेडल लगाइदिने गरिन्छ । यो उनीहरुको जीवनकै सबैभन्दा स्मरणीय क्षण पनि मानिन्छ । तर टोकियो ओलम्पिकमा यस्तो हुनेछैन । यसपटक विजेता खेलाडीले आफैं आफ्नो गलामा मेडल झुन्ड्याउनेछन् । पदक वितरण समारोहमा खेलाडीलाई हात मिलाउन र गला लगाउन पनि पाइनेछैन । कोरोना महामारीका कारण टोकियोमा संकटकाल लागु छ । ओलम्पिक रंगशालामा दर्शक छिर्न पाउने छैनन् । यसअघि हरेक रंगशालामा ५० प्रतिशत वा अधिकतम १० हजार दर्शक