सरकारले पश्चिम सेती र सेती नदी -६ आयोजना भारतलाई सुम्पियो, देउवाको उपस्थितिमा हस्ताक्षर

नेपाल सरकारले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ । यस समबन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो ।सम्झौतामा नेपालको तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील भट्ट र एनएचपिसीको तर्फबाट एमडी अभय कुमार सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवा, उर्जा मन्त्री पम्फा भुषाल, तथा अर्थ मन्त्री जनार्दन शर्माको उपस्थित थिए । यस अघि लगानी बोर्डले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  । आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।  

सम्बन्धित सामग्री

पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने

पश्चिम सेती र सेती नदी–६ बाट विद्युत उत्पादन गर्ने जिम्मेवारी लिएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । एनएचपीसी लिमिटेडले मंगलबार दुवै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको विज्ञपितमार्फत जानकारी दिएको छ ।यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ […]

पश्चिम सेती र सेती नदी-६को बिजुली बेच्न पीटीसी इन्डियासँग एमओयू

१५ भदौ, काठमाडौं । एनएचपीसी इन्डिया लिमिटेडले बिजुली बिक्री गर्न पावर ट्रेडिङ कम्पनी पीटीसी इन्डियासँग एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । नेपालमा लगानी बोर्ड नेपालबाट अध्ययन अनुमतिपत्र लिएका पश्चिम सेती र सेती नदी-६ जलविद्युत परियोजनाबाट उत्पालित बिजुली विक्रीका लागि भन्दै यस्तो एमओयू भएको हो । एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका […]

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

काठमाण्डाै - भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्...

पश्चिम सेती र सेती नदी–६ः सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी

काठमाडौं, भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । एमओयूमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर […]

पश्चिम सेती र सेती नदी-६ बारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्ण पाठ)

२ भदौ, काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी (एसआर)-६ परियोजनाको श्वेतपत्र जारी गरेको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु […]

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

२ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा […]

सेती नदी–६ र पश्चिम सेती भारतीय कम्पनीलाई

काठमाडौं, जेठ २४ । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई दिने भएको छ । उक्त आयोजना सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाउनु उपयुक्त हुने भन्दै लगानी बोर्डलाई सिफारिश गरेको थियो । बोर्डले सोहीअनुसार पीपीपी मोडेलमै पश्चिम सेती आयोजना बनाउन भारतीय सरकारी स्वामित्वको एनएचपीसी लिमिटेडलाई […]