राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि