पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा […]

सम्बन्धित सामग्री

पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात

फुङ्लिङ- ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा  हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, &ldqu...

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।      गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ ।      यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताए । भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो । रासस