ठूला कुरा गर्ने र मै हुँ भन्ने मान्छे नेता हुन सक्दैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले सबै राजनीतिक दलहरू नमिली देश विकास हुन नसक्ने बताएका छन् । शनिवार काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर १ मा नवनिर्मित शहीद किरण दंगाल पार्कको उद्घाटन गर्दै मन्त्री चौधरीले सबै राजनीतिक दलहरू मिलेर नगईकन कुनै पनि परिवर्तन र विकास निर्माणको काम सम्भव नहुने बताए । उनले भने–‘सबै मिल्दा २००७ सालमा प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा लोकतन्त्र, २०६२–०६३ सालमा सबै मिलेर गणतन्त्र ल्यायौँ । जब हामी सबै मिल्छौँ एउटा व्यवस्था परिवर्तन गर्न सक्छौँ । जब

सम्बन्धित सामग्री

‘राजनीतिक जात’ र अर्थतन्त्रको उद्धार

अर्जेन्टिनामा हाभियर मिलेईले निर्वाचन जितेका छन् जसले परम्परागत सोच र दृष्टिकोणभन्दा निकै क्रान्तिकारी र चर्का मुद्दा उठाएका छन् । उनले विद्यमान राजनीतिक प्रणाली र सोचविरूद्ध पनि कडा अभिव्यक्ति दिएका छन् । उनले भनेका कुरामध्ये एउटा नेपालको सन्दर्भमा बढी समसामयिक लाग्ने शब्दावली ‘राजनीतिक जात’ हो । उनले राजनीतिमा राजनीतिक जातले निर्वाचनमा पराजय बेहोर्ने बताएका छन् । राजनीतिक जात भनेको कुनै पनि व्यक्ति विद्यार्थी कालदेखि वा लामो समयदेखि राजनीति गरेर आउने व्यक्ति हो । यस्तो राजनीतिक जातको व्यक्तिले परम्परागत सोचभन्दा बाहिर आउन नसक्ने र नयाँ सोचले काम गर्न नसक्ने उनको भनाइ छ । नेपालमा अहिले नेपाली कांगे्रस, नेकपा एमाले, माओवादी केन्द्रका सबैजसो नेता राजनीतिक जातमा स्थापित भइसकेका छन् । राजनीतिमा भर्खर  प्रवेश गरेको व्यक्तिचाहिँ राजनीतिक जात होइन । त्यसैले परिवर्तन चाहने हो भने पार्टीभित्र परम्परागत ‘जात’भन्दा फरक मान्छे आउनुपर्छ । भारतमा नरेन्द्र मोदीको उदय त्यस्तै राजनीतिक जातभन्दा फरक क्षेत्रबाट उदय भएको मान्न सकिन्छ । तर, अहिले उनी पनि जातमा परिणत भएकाले जनताले विकल्प खोज्न थालेको विश्लेषण गरिँदै छ ।  नेपालमै पनि स्थानीय तह तथा संघीय निर्वाचनमा स्वतन्त्र व्यक्ति वा नयाँ राजनीतिक दलका उम्मेदवारको विजय यस्तै हो । कुनै कालखण्डमा नेपाली कांग्रेस पनि जात थिएन । त्यसैले उसले निर्वाचनमा ठूलो विजय प्राप्त गर्‍यो । तर बिस्तारै त्यो पार्टी राजनीतिक जातमा परिणत भयो । पार्टी स्थापनाताका कांग्रेस भनेको परम्पराको विरूद्ध भन्ने थियो । त्यस्तै एमाले, माओवादी केन्द्र पनि राजनीतिक जात थिएनन् । तर, अहिले यी पनि राजनीतिक जात बनिसकेका छन् । २००७ सालको परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस निकै विद्रोही थियो । तर, बिस्तारै यसका नेता राजनीतिक जातमा परिणत भए ।  अब हुँदाहुँदा नयाँ काम र कुरा नै गरेको देख्न सकिएको छैन । एमाले होस् वा माओवादी यी पनि ठूला क्रान्तिकारी थिए । तर, अहिले जातमा परिणत भएपछि यिनमा पनि नयाँपन देखिन छाडेको छ । यिनले परम्परालाई पछ्याउने कामभन्दा अरूथोक गर्दैनन् । समाज रूपान्तरण र परिवर्तन तथा प्रगतिका लागि भने नयाँपन हुनुपर्छ र त्यसका लागि नयाँ राजनीतिक शक्ति/व्यक्तिको उदय हुनुपर्छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । अर्जेन्टिनी नेता मिलेईका अभिव्यक्तिहरू अर्थतन्त्र, राज्यका परम्परागत संरचनामा बिलकुल नयाँ भएकाले संसारभर चर्चाको विषय बनेको छ । उनले अर्जेन्टिनाको आर्थिक संकटको समाधान क्रमश: गर्दै जाने कुराको विरोध गरेका छन् र आमूल परिवर्तनको कुरा उठाएका छन् । त्यसो त नेपालका विद्रोही दल सत्तामा पुग्नुअघि यस्तै आमूल सुधारका कुरा गर्छन् तर तिनीहरूले सुधार गर्नुभन्दा यथास्थितिवादी शक्तिसँग आत्मसमर्पण गरेको पाइन्छ । मिलेई क्रान्तिकारी विचारमा कति अडिग हुन्छन्, त्यो हेर्न बाँकी छ । उनले केन्द्रीय बैंक नचाहिने मात्र होइन, आफ्नो देशको मुद्रा नै अमेरिकी डलरलाई बनाउनेसम्मका अभिव्यक्ति दिएका छन् । परम्परागत व्यापार, अर्थतन्त्र, राजनीतिक स्वतन्त्रता आदिका बारेमा उनका विचार भिन्न खालका छन् ।  नेपालमा पनि यस्तै ठूलो सुधार ल्याउन सक्ने नेतृत्व आवश्यक हुन्छ जुन अहिलेका राजनीतिक दलको नेतृत्वबाट सम्भव छैन । जति बेला महेश आचार्य, रामशरण महत युवा थिए तिनले अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन ल्याए । त्यही परिवर्तनको जगमा यतिका समयसम्म अर्थतन्त्र चलिरहेको छ । तर, अब व्यापार र उद्योगको परिभाषा र शैली परिवर्तन भइसकेको छ । अर्थतन्त्रको संरचना र धरातलमा निकै ठूलो अन्तर आइसकेको छ ।  कृत्रिम बौद्धिकता र इन्टरनेटले अर्थतन्त्रका आधारभूत संरचना र क्रियाकलापमै व्यापक परिवर्तन ल्याइसकेका छन् । त्यसो हुँदा नेपालको अर्थतन्त्रमा सुधार ल्याउन यो पक्ष बुझेको व्यक्ति अर्थतन्त्र र शासनसत्तामा आउन आवश्यक छ । २०८४ सालमा हुने आगामी निर्वाचनमा सफलता पाउने दलहरूले यस्तो पक्षलाई विश्लेषण गरेर तयारी गर्दा लाभदायी हुने देखिन्छ । राजनीतिक जात दलभन्दा पनि व्यक्ति हो । त्यसैले दलभित्र पनि नयाँ व्यक्ति आउन सक्छ । मिलेईका अभिव्यक्ति धेरै नेपालीले पढेका छैनन् तर पनि राजनीतिक रूझान भने उनले भनेजस्तै देखिएको छ । मिलेईको अभिव्यक्तिलाई पुष्टि गर्ने कुनै नेतृत्व नेपालमा आउला त ?

हाँसेरै मर्ने भए

केही दिनअघि माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा ईकमर्श (विद्युतीय माध्यमबाट हुने व्यापार)सम्बन्धी कानूनको बहस हुनुपर्ने थियो । तर उपस्थित उद्योगमन्त्री तथा माननीयहरूले विद्युत् व्यापारको पो गम्भीर छलफल गरेछन् । यो देख्ने सुन्नेहरू मुर्छा परेर हाँसे । कुनै गम्भीर विषयमा सदनमा बिरलै हुने गरेको गम्भीर छलफललाई लिएर गम्भीर बन्नुपर्ने मानिसहरू उल्टो हाँस्नुपर्ने त थिएन । कुरा आग्राको थियो, भयो गाग्राको । भएको त्यत्ति मात्र हो । जे भए पनि कुरा चैं व्यापारकै भएको थियो । यसमा हाँस्नैपर्ने त थिएन । हिजोआज मानिसहरूलाई के भएको छ कुन्नि उनीहरू गम्भीर हुन छाडेजस्ता छन् । देशका ठूला मान्छेहरूले कुनै गम्भीर कुरा गरे भने पनि हाँसोमा उडाउन थालेका छन् । जस्तै, हाम्रा प्रधानमन्त्री वा मन्त्री कुनै सार्वजनिक समारोहमा अझ धार्मिक कार्यक्रममा गएर भगवान् बुद्धले भनेको मार्गमा चल्न सक्नुपर्छ, उनका उपदेशरूलाई जीवनमा उतार्नुपर्छ भन्छन् । तर यो सुनेर मानिसहरू एकआपसमा मुखामुख गर्छन् र हाँस्न थाल्छन् । मलाई ताज्जुप लाग्छ । भगवान् बुद्ध महापुरुष हुन् । उनका उपदेश पनि एकदमै राम्रा छन् । हाम्रा मन्त्री, प्रधानमन्त्री पनि राम्रै मान्छेहरू हुन् । राम्रै भएर त राम्रै राम्रै पदमा पुगेका हुन् । तर उनीहरूको कुरामा मान्छे हाँस्छन्, किन ? पहिले पहिले त मान्छेहरू यसरी हाँस्दैनथे त । मन्त्री, नेताहरू समयअनुसार मौका पर्नासाथ राम्रा कुरा गर्छन् । यो उनीहरूको बानी पनि हो । यसमा नराम्रो मान्नुपर्ने वा हाँस्नुपर्ने कुरा पनि छैन । मानौं, कुनै दिन कुनै भ्रष्टाचारी, गुण्डाको जन्मदिनमा नेतालाई बोलाउनुभयो भने पनि बानीअनुसार नेताले भन्ने नै छन् कि ‘हामीले फलानाको आदर्शहरूलाई जीवनमा उतार्नुपर्छ ।’ पाकेटमारहरूको संगठनको सम्मेलन उद्घाटनमा बोलाइयो भने पनि उनीहरूले भन्नैपर्छ कि ‘पाकेटमारहरूको रोजीरोटीको ग्यारेन्टी गर्नैपर्छ । सरकार पाकेटमारहरूको विकासका लागि पूरै कोशिस गर्नेछ ।’ एक दिन एउटा मिसनरीले खोलेको अनाथालयमा गएर एक मन्त्रीले भने, ‘घरघरमा शौचालय खोलिसकेपछि अब सरकार घरघरमा अनाथालय र विधुवा–आश्रम तथा वृद्धाश्रमहरू पनि खोल्न चाहन्छ ।’ मन्त्रीहरू यस्ता गम्भीर कुराहरू गरिरहन्छन् । तर हामी त्यसमा ध्यान दिँदैनौं । हामी उनीहरूको कुरामा हाँस्दिन्छौं मात्र । मन्त्रीहरू त मन्त्रीहरू हुन् । उनीहरूले कति गम्भीर भएर गम्भीर गम्भीर कुराहरू भनिरहेका हुन्छन् । जस्तै, भगवान् बुद्धका उपदेशमा कुनै हास्यरस त हुँदैन । त्यसो भए हामी हाँस्छौं किन त ? स्वास्थ्यमन्त्री भन्छन्– डाक्टरहरूले नि:स्वार्थ भावले सेवा गर्नुपर्छ । हामी त्यो सुनेर हाँस्छौं । शिक्षामन्त्री भन्छन्– सरकार देशको शिक्षाक्षेत्रको विकासमा खुब लागिराछ । शिक्षाको उद्देश्य रोजगारी सृजनाभन्दा चरित्र निर्माणमा केन्द्रित हुनुपर्छ । त्यसमा पनि हामी हाँस्दिन्छौं । उद्योग, पर्यटन, ऊर्जा, अर्थ लगायतका मन्त्रीहरूले मौका पर्नासाथ भनिरहेका हुन्छन्, ‘व्यापारमा नैतिकताको पालना गर्नुपर्छ ।’ हामी त्यसमा पनि हाँस्छौं । हुँदाहुँदा अहिले हाम्रा नेता अर्थात् भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनाराणलगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि । मानिसहरू नेता, मन्त्रीका कुराहरूमै हाँस्न थालेपछि म जस्ता हास्य व्यंग्यकारहरुको काम र दाम त रोकिने भो त ! म हास्यव्यंग्य लेख्छु । यो मेरो रोजीरोटी पनि हो । तर म तपाईंहरूलाई हँसाउन कत्ति मेहनत गर्छु । हास्यास्पद चरित्र र स्थिति निर्माण गर्छु । लक्षणा, व्यञ्जना खोज्छु । भाषाको साधना गर्छु । टाउको ठोकठाक गरेर कति समय लगाएर लेख्छु, तैपनि हँसाउन सक्तिनँ । तर, यी नेता, मन्त्रीहरू कति सजिलै हँसाउन सक्छन् भन्या ! अस्ति पशुपतिनाथ परिसरमा एक सार्वजनिक समारोहमा एक मन्त्रीले ‘मानव सेवा नै धर्म हो’ भनेका मात्र के थिए, दर्शक स्रोताहरू मुर्छा परेर हाँस्न थाले । यसो भएपछि म जस्ता हास्य व्यंग्यकार त भोकै पर्ने भए । किनकि कसैलाई हाँस्नु छ भने नेताका भाषण सुने पुग्यो वा तिनका वक्तव्य पढे भो । भाषण सुनेपछि मानिसहरू घण्टौं हाँसेर लडीबुडी गर्न थाल्छन् । हैन के भइरहेछ यहाँ ? विगतमा राम्रा राम्रा ठानिएका कुराहरू नै अहिले जोकजस्ता बनेका छन् ? कि हामीहरूको स्वभाव नै गम्भीर नभई हाँसिरहने किसिमको बन्दै गएको हो ? वा तपाईं हाम्रो स्वभाव नै कसैको मुखारवृन्दबाट निस्केका गम्भीर र राम्रा कुराहरू नै हास्यास्पद लाग्न थालेका हुन् ? हुन त कतिपय गम्भीर हुनुपर्ने ठाउँमा हामी हासिदिने र हाँस्नुपर्ने ठाउँमा चैं गम्भीर भइदिने बानी पनि छ हाम्रो । जस्तै, गत हप्ता एउटा कार्यक्रममा प्रधानमन्त्रीले ‘सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको’ भन्न मात्र के भ्याएका थिए, मानिसहरू गम्भीर भइहाले । खासमा यो हाँस्नुपर्ने कुरा थियो । तर जब प्रधानमन्त्रीले स्वच्छ प्रशासन चलाउने कुरा गरे । मान्छेहरू हाँस्न थाले । नयाँ गृहमन्त्री आउनेबित्तिकै देशमा भ्रष्टाचार निर्मूल पार्छु भने । फेरि मान्छे हाँस्नैमै लागे । मलाई अचम्म लाग्यो । यसमा हाँस्नुपर्ने कुरा के छ र ? कस्तो सुकर्म गरेका छन् हाम्रो नेतृत्व वर्गले कि उनीहरूका मुखबाट कुनै राम्रो उपदेशको कुरा सुन्नासाथ हाँसो उठ्न थाल्छ । नेताहरूले प्रत्येक आदर्श र राम्रा कुराहरूलाई हास्यरसले भरिपूर्ण बनाउन कत्ति धेरै मेहनत गरेका छन् । विसं २०४६–४७ सालतिर देश सेवाका कुरा गर्दा मान्छेहरू गम्भीर रूपले लिन्थे । अहिले आएर त्यै कुरा गर्दा जनता हाँस्छन् । २०४७ सालमा नेताहरूले विकास, समृद्धिका कुरा गर्दा मान्छेहरूले गम्भीरतासँग लिन्थे । अहिले यस्ता कुराहरू मजाक गरेजस्तो हुन थालेको छ । हुँदाहुँदा अहिले यी हाम्रा नेता अर्थात् हाम्रा भाग्यविधाताहरूले सबै महापुरुषहरू, जस्तै– राम, कृष्ण, बुद्ध, पृथ्वीनारायण लगायत सबैलाई हास्यास्पद बनाइरहेका छन् । यो कुरा थाहा पाए भने यी महापुरुषहरू कति डराउँछन् होला कि कुनै मन्त्री या नेताले उनीहरूको नाम लिएर कहीँ कतै कुनै राम्रा कुरा नगर्दिऊन् । किनकि त्यसमा सबै हाँस्छन् फेरि । देशैभरि यति धेरै सांसद, मन्त्री, नेताहरूले दिनदिनै यति धेरै राम्रा राम्रा कुरा गरिरहेका हुन्छन् कि जनताहरूलाई हाँसो सम्हाल्नै मुश्किल होला जस्तो छ । मेरो चिन्ता यो छ कि नेताहरूको कुराले मानिसहरू धेरै हाँस्न थालेका कारण मेरो हँसाउने उपक्रम र रोजीरोटी त खोसिने भो नै । तर त्योभन्दा चिन्ताको कुरा यो छ कि नेपाली जनता भने नेताहरूका राम्रा राम्रा आदर्शका कुरा सुनेर हाँस्दा हाँस्दै भोकभोकै पो मर्ने भए त !

बडे नेताका बडा योजना

महाविपत्तिका कारण केही दिनदेखि संसद् चल्न सकेको थिएन । तर देशका तीन ठूला नेता हतार हतार एक आपसमा भेटेर गम्भीर छलफल गरेपछि फ्याट्ट संसद् खुलिहाल्यो, महाविपत्ति त छुमन्तर भइहाल्यो । नेताहरू देश र जनताप्रति कति गम्भीर छन् भन्ने यो एउटा उदाहरण हो । जब जब देशमा कुनै समस्या पर्छ, त्यसबेला ठूला नेताहरू मिलेर त्यस्ता समस्या हल गर्ने गरेका छन् । ठूला नेताका ठूलै चाला ।  नेताहरू लडेकै कारण त देशमा गणतन्त्र आयो, यो भिन्दै कुरा हो कि त्यस क्रममा केही सामान्य मान्छे मरे होलान्, शहीद घोषणा गरिए होलान् । तर नेताहरूको महान् त्यागको अगाडि अरूको के गणना गर्नु र ?  नेताहरूले देशका लागि गर्नुविधि गरिराछन् । तर आँखामा पट्टी बाँधेका जनता त्यो देख्दैनन् । नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यु–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर किन बनाएको भने देशभरि आएको विकासको लहर हेर्न । त्यहाँ माथि चढेर समृद्धि र विकास कहाँसम्म आइपुग्यो भनेर हेर्न मिल्छ । ग्याँसको पाइप कहाँसम्म लाग्यो, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । अझ भ्यू–टावरबाट चन्द्रमातिर जान सजिलो पर्छ । रावणले गर्न बाँकी राखेको स्वर्ग जाने बाटो झैं । मान्छेहरूलाई थाहै छैन । हाम्रा नेताहरूले त्यही भ्यू–टावरबाट चन्द्रमा जाने बाटो बनाउन कम्मर कसेका छन् । देशभित्र डाँडाकाँडा, कुना कन्दरासम्म बाटो खनिसकेकाले अब देशमा बाटो बनाउने कतै ठामै बाँकी छैन । अनि चन्द्रमा जाने बाटो बनाउन परेन त ? नेताहरूको कति दूरदृष्टि हुन्छ सामान्य मान्छेले भेउ नै पाउँदैनन् भन्या ! नेताहरू अब नेपाली जनताका सुविधाका खातिर सगरमाथा हुँदै चन्द्रमासम्म बाटो पुर्‍याउने योजनामा छन् । त्यसैले उनीहरू समय समयमा गम्भीर छलफलमा जुटेका हुन्छन् । एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बनाउने योजना ल्याएपछि हामी के कम भन्दै ५ वर्षभित्र नेपालबाट चन्द्रमासम्म पुग्ने बाटो बनाउने योजना बनाएको विशेष सूत्रबाट थाहा भएको छ । यो पहिलो विशेष हवाई सडक परियोजना हुनेछ, जसबाट प्रकृतिलाई कुनै नोक्सान पुुग्दैन । किनकि यो बाटोमा कुनै रुख, जंगल हुन्नन् । यसमा लगानी गर्न बीआरआई आउने कि एमसीसी भन्ने विवादले मात्र यो परियोजना अलि ढिलो भएको हो ।  यसको दोस्रो फाइदा यो छ कि रकेट बनाउन धेरै खर्च लाग्छ, अनि प्रत्येक पटक नयाँ मिसनमा नयाँ रकेट बनाएर पठाउनुपर्ने हुन्छ । तर यो सगरमाथा–चन्द्रमा हवाई सडक बन्यो भने नेपालको अन्तरिक्ष पुग्ने मिसन पनि सफल हुन्छ । सबैलाई थाहा छ इन्धन एउटा महत्त्वपूर्ण संसाधन हो । जुन अहिले विश्वमा द्रुत गति र धेरै परिमाणमा खर्च भइरहेको छ । अर्को कुरा यो पनि सबैलाई थाहा छ कि चन्द्रमा माथि हुन्छ र पृथ्वी तल । चन्द्रमाबाट तल झर्दा शून्य गियरमा अर्थात् सित्तैमा झर्न सकिन्छ, जसले गर्दा इन्धनको धेरै बचत हुन्छ । चन्द्रमाबाट बहुमूल्य खनिजको बोझ बोकेर तल सगरमाथामा झर्ने यानको बोझले सगरमाथाबाट चन्द्रमा जाने यान आफै तानिएर माथि चन्द्रमामा पुग्नेछ । ग्राभिटेशन रोपवे देख्नुभएकै होला, नत्र सुन्नु त भएकै होला । हो ठीक त्यस्तै ।  नेताहरूले देशैभरि भ्यू–टावर बनाएका छन् । काठमाडौंमै धरहरा पुन: ठड्याएका छन् । तर मान्छेहरू कुरै नबुझी भ्यू–टावर के काम भन्छन् । धरहरा/भ्यू–टावर विकास र समृद्धि कहाँ आइपुग्यो भन्ने हेर्न बनाइएको हो । त्यसमाथि चढेर ग्याँसको पाइप, पानी जहाज कहाँ आइपुग्यो हेर्न मिल्छ । सगरमाथा–चन्द्रमा सडकको निर्माण सामग्री भण्डारण गर्न यसका दुवैतिर थुप्रै दोकानहरू, थुप्रै पेट्रोल पम्पहरू खुल्नेछन् । यसले लाखौंलाई रोजगारी सृजना हुनेछ । यसले हाम्रो देशको बेरोजगारी समस्या हल हुनेछ । हामी सबै मान्छौं कि पृथ्वी आफ्नै अक्ष वरिपरि अर्थात् आफ्नै मियोमा घुम्छ । तर हाम्रा नेताजीहरू अथक् प्रयासपछि त्यो मियोलाई निकाल्न सफल भएका छन् । पृथ्वी हाम्री माता हुन् । पृथ्वीलाई विनाकारण घुमेको देखेर हाम्रा नेताहरूलाई राम्रो लाग्ने कुरै भएन । त्यसैले नेताहरूले पृथ्वी घुम्ने मियोलाई सफलतापूर्वक निकालेर फ्याँकिदिएका छन् । त्यसैले पहिले पृथ्वीले सूर्यको चक्कर लगाउँथ्यो । तर अब चन्द्रमाजस्तै सूर्य पनि पृथ्वीको चक्कर लगाउन थाल्नेछ ।  यति मात्र कहाँ हो र ? नेताजीहरूको योजना त अझै बृहत् पो छ त । उनीहरूले सूर्यलाई यस्तो ठाउँमा स्थापित गर्न प्रयास गरिरहेका छन्, जस्तै अन्टार्कटिका महादेश र आर्कटिक महासागर, जहाँ अत्यन्त चिसो हुन्छ । त्यहाँका जनताले कहिल्यै राम्रोसँग सूर्यको तातो पाउन सकेका छैनन् । हो, त्यहाँ लगेर सूर्यलाई धेरै समय राख्ने योजना छ नेताजीहरूको । त्यसो भएपछि हाम्रोतिर पनि गर्मी भाग्छ, शितल लाग्छ । त्यसको अर्को फाइदा यो छ कि सूर्य ती ध्रुवहरूमा धेरै बस्न थालेपछि हिउँ पग्लनेछन् र हाम्रा मानिसहरूले पिउने, सिँचाइ गर्ने प्रशस्त पानी पाउन सक्छन् । चन्द्रमामा पनि पानीको धेरै दु:ख छ । हाम्रा नेताहरूको योजना यो पनि छ कि हामीकहाँ अतिवृष्टि गर्ने बादलहरूको संकलन गरेर, भण्डारण गरेर त्यसलाई चन्द्रमामा पठाउने । यसले गर्दा चन्द्रमामा राम्रोसँग वर्षा हुन सक्छ र यहाँ पनि बाढी नियन्त्रण गर्न मद्दत पुग्छ । नेताहरूले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिकामा आफ्नो प्रभुत्व स्थापना गर्ने प्रयास गरे । ललिता निवासको सिस्नोघारीमा धनाढ्यको बस्ती बसाउन पहल गरे । तर, मानिसहरूले कुरा नबुझेर सरकारी जग्गा हडपेको आरोप लगाए । ए बाबा, सरकारी होस् कि असरकारी विकास भए भएन र भन्या ? ‘आफू ताक्छु मुढा, बन्चरो ताक्छ घुँडा’ भनेजस्तै नेताहरू समस्या समाधान गर्न खोज्छन्, तर कुरा नबुझेर तालीको साटो उल्टो गालीमात्र पाइरहेका छन् । हाम्रा नेताहरूले यति ठूलो योजनामा काम गरिरहेका छन्, यो जनताले देख्दै देख्दैनन् । पाँच पाँच वर्षमा पनि यो गरेन, ऊ गरेन भनेर गुनासा मात्र गरिरहन्छन् । जाबो ५ वर्षमा के हुन्छ एउटा देशको जीवनमा ? फेरि चुनाव जितेको पहिलो वर्ष स्वागत समारोह, जितको र्‍याली र झ्यालीमै बितिहाल्छ । दोस्रो वर्ष राजनीतिको दाउपेच सिक्नमै व्यस्त हुनुपर्छ । अनि सरकारी कर्मचारी, व्यापारीसँग तालमेल मिलाउँदैमा समय जान्छ । तेस्रो वर्ष खाने र खुवाउनेमै जान्छ । चौथो वर्ष त रिसाएका मतदातालाई फकाउन घर दैलो कार्यक्रममा पुग्नैपर्‍यो । पाँचौं वर्ष ठूला अर्थात् टिकट बाँड्ने नेताको सेवामा हाजीर हुन जानैपर्‍यो, नत्र टिकट पाउन असम्भव हुन्छ । ठूला नेताका समस्या पनि ठूलै हुन्छन् नि । आफ्ना कार्यकर्तालाई मात्र हप्काएर र फकाएर पुग्दैन । दिल्लीका सिल्ली र बेइजिङका बेइमानहरूलाई खुशी पार्नैपर्‍यो ।  यसरी मरिहत्ते गरेर जनताका लागि खट्दा पनि नेताहरूले काम गरेन भन्नेहरू त वास्तवमै अबुझ हुन् । ठूला नेताका योजना पनि ठूल्ठूलै हुन्छन् नि । नेताले काम गरेनन् भनेर गनगन गर्नुको सट्टा ठूला योजना कहाँ के के छन्, बत्ती बालेर भए पनि खोज्न शुरू गरे हुन्न ?

वाह दलाल, क्या कमाल !

देशमा बेच्न अब केही बाँकी रहेन । जंगल बेचिन्थ्यो उहिले, पञ्चायती कालमा सबैजसो जंगल दरबारीहरूका हातबाट स्वाहा/कालकवलित भयो । केही जंगलीहरूले गाउँका मान्छे लखेटेर सिध्याएपछि अहिले फेरि जंगल बढेको छ रे । अब त्यो जंगल विक्री गर्ने नयाँ पात्र तयार हुँदै नै होलान्, वैज्ञानिक वन व्यवस्थापनका नाममा । अगाडि वैज्ञानिक शब्द झुन्ड्याएपछि जे जे भकुन्ड्याए पनि भै हाल्छ क्यारे ! त्यसपछि ढुंगा, गिट्टी बेचियो । काठमाडौंका खोलाबाट, वरिपरिका डाँडाबाट र त्यसपछि बाहिरका खोला र चुरेबाट पनि । तर त्यति मात्र बेचेर पुगेन । उत्पादन बनाएर बेच्न त पैसा हुनुपर्‍यो, रंगढंग पनि हुनुपर्‍यो, व्यवसायलाई फस्टाउन दिने वातावरण बनाउनुपर्‍यो । त्यस्तो झन्झट कसले गरोस् ? त्यसैले अहिले त विदेशीलाई खोला बेचेर विदेशतिरै बिजुली बेच्ने गोरखधन्धा पनि शुरू भएको छ क्यारे ! यता भने खाडीको तेलले गाडी गुडाउँदै धूँवा उडाउँदै छौं । त्यसै बहादुर भनेका हुन् र हामीलाई कुइरेहरूले ? व्यवसायलाई फष्टाउन दिन त सरकार, राजनीतिक दल र कर्मचारीहरूमा दरो इच्छाशक्ति हुनुपर्‍यो । यी कुराहरू केही नभएपछि अब बेच्न सजिलो भनेको देश र देशवासी त बाँकी छन् नि । त्यसैले बिचरा नेताहरू नागरिकहरूलाई नै बेच्ने बाध्यतामा पुगेछन् । सीधै बेच्न मिलेन, त्यसका लागि त दलहरू चाहियो, द–लालहरू पनि चाहियो । केही वर्ष अघिसम्म चेलीबेटी बेचिएका समाचार धेरै आउँथे । अहिले अलि कम आउँछन् । अचेल चेलाबेटा नै बेचिन्छन् । हुँदा हुँदा स्वदेशी चेलीबेटी चेलाबेटाहरूलाई विदेशी बनाएर पनि बेच्न थालिसकेछन् । पहिले पुण्य काम भन्दै कमिसनको मिसन चलाए । अहिले पोलापोल र गुप्ती खोलाखोलमा कस्सिएका छन् । यो साँपसिढी खेलमा को चढ्ने हो को खस्ने हो ठेगान हैन । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने अक्कली दलाल नेपालमै छन् । त्यसैले त अहिले जताततै चर्चा छ त मान्छे बेच्ने बिचौलिया र दलालहरूको । हुन पनि अहिलेको जमानामा दलाल नै राजनीतिक बजारको असली माल हो । कमालको कुरा के हो भने विनादलाली बाँकी सबै बबाली हुन्, बेकारी हुन् । नित्य नयाँ खाल्डोमा गिर्दो राजनीतिमा दलाल नै मुख्य सूत्रधार हो, दलाली नै मूलधार हो । उही नेताको साभार पनि हो, ब्रिफकेसको आधार पनि हो । बरु आउनोस् हाम्रा प्यारा द–लाल नवराजा ! बियरसँग कमिशनको चटनी चाट्दै जेल जानुस् ताजा ताजा ! तपाईंलाई यता ठूला नेताजीहरूले पनि सम्झिरहनु भएको छ, ‘तिम्लाई बंगाला कल्ले किन्दियो’ भन्दै । खासमा नेताजीको महल र पार्टी कार्यालयले तपाईंलाई मिस गरिरहेको छ । अहिले ठूला नेताजीका वाणी तपाईंका लागि ईश्वरीय वरदान सावित हुन सक्छ । कुर्नुस् है । केवल केही समयको कुरा न हो । ठूला नेताजीहरू सच्चा दलालका खोजीमा हुनुहुन्छ, तपाईंका लागि त्यो अवसर हो । किनकि तपाईंलाई थाहै छ, कुर्सीमा बस्ने बसाउने खेलमा अरूको भन्दा दलालकै भूमिका महान् हुन्छ । दलालले भन्दा बढी कुनै कुरा कसैले जान्न सक्तछ भने त्यो स्वयं दलाल नै हुन्छ । कुर्सी रसका रसिक दुर्जनहरूले पनि भन्छन् कि उनीहरूका दाता दलाल नै हुन् । लोकतन्त्रमा लोककल्याणका लागि यो धर्तीमा दलालहरू नित्य अवतरण भैरहन्छन् । अरू अवतारहरू त दलालत्वका निमित्त मात्र हुन् । तर दलाल र दलाली चैं सृष्टिको सार हो, जीवनको आधार हो ।  भद्रजन र सेवाग्राही भन्छन्, ‘मन्त्रीभन्दा हाकिम ठूला, हाकिमभन्दा दलाल ठूला । हेर्नुस त, केही दलालहरूले गृह मन्त्रालयलाई गिरोह मन्त्रालय बनाइदिएको ! तिन लोक चौध भुवन नै दलालकै आदेशको अधीनमा चल्छन् । कुर्सीको अस्तित्वमा मतभेद हुन सक्छ, कुर्सीकै लागि हानाहान र तानातान हुन सक्छ । वादविवाद, घातप्रतिघात जे पनि हुन सक्छ । तर दलालको अस्तित्व र प्रभुत्वमा आजसम्म कुनै मतभेद छैन, विरोध र प्रतिरोध छैन । कहिलेकाहीँ दलाल र दलालबीच दाह्रा किटाकिट चाहिँ हुन्छ, त्यसलाई अन्यथा ठान्न मिल्दैन है ! त्यसैले त दलाललाई सबैले ‘मेरे लाल’ भन्छन् र उनीहरूका कुरा खान्छन् पनि । तिनै दलालले कुर्सीतिर लान्छन्, कहिलेकाहीँ जेल तान्छन् पनि । राजनीतिमा जस्तो दलालहरूका बीचमा खाने, ख्वाउने, मान्ने, मनाउने कुराहरूमा कुनै लफडा, झगडा छैन । बरु प्रत्येक दलालले अन्य दलालहरूलाई आदर–प्रशंसा एवं पूजासहित पूर्ण सम्मान दिने गरेका छन् । त्यसैले त धेरै राजनीतिक सम्प्रदाय त केवल दलालवाणीको आधारमै कायम छन् । अनि चम्चाहरू पनि दलालका प्रशंसा गर्न कहिल्यै चुक्तैनन् । उनीहरूले त दलाली नै विकासको नयाँ बाटो भन्दै भ्रष्ट साधनामा मनसिद्धिको सम्पूर्ण श्रेय आफ्नो दलाललाई दिन्छन् । दलाल र दलालतन्त्र सर्वत्र फैलिएका छन् । यसरी प्रदेश र संघका सबै राजधानी वरपर हरक्षण दलाल प्रकट भइरहन्छन् । दलाल, हाकिम र नेता एकै ठाउँ खडा छन् जताजता ।  भ्रष्टाचार अनि ठगीको जालो फैलिरहेछ यता त्यता ।  जनता जसलाई ठान्दछन् लाल, ती त दलाल पो रहेछन् ।  मान्छे बनाउने होइन, मान्छे नै बेच्ने कमाल गर्दा रहेछन् ।  दलालको वाणीलाई चम्चाहरू महान् अस्त्र मान्छन् । चम्चाशास्त्रमा दलालको प्रशंसा र आभार व्यक्त गर्नका लागि ‘दलाल स्तुति’ नामक बृहत् ग्रन्थ दलाललाई नै समर्पित गरिएको हुन्छ । चम्चाहरूले उचित दलालको चुनाव गर्न पनि जोड दिँदै आएका छन् । यो संसार सागरमा केही नक्कली दलाल बनेर पनि हिँड्ने गरेका पाइन्छन् । ‘उनीहरूबाट सावधान रहँदै हामी सच्चा दलालको परिक्रमा गर्नुपर्छ । सच्चा दलालको परिक्रमा र परिभ्रमणबाट ब्रह्माण्डका सबै सुख प्राप्त गर्न सकिन्छ’ भन्छन् चम्चाहरू । दलालको स्तुतिमा चम्चाहरूले धेरै कुरा लेखेका पनि छन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा छ, दलालकै कृपाबाट मालदार अड्डामा सरुवा, बढुवा, सरकारी संस्थानमा हाकिम र मन्त्री, मुख्यमन्त्रीको कुर्सी समेत पाउन सकिन्छ । त्यसैले दलालको स्मरण मात्रले पनि दिमागबाट सारा पर्दा खुल्छन् । अतः चम्चाहरू भन्छन्, दलाल साधकहरूले मन, वचन एवं कर्मले दलालवाणीलाई आत्मसात् गर्नुपर्छ । दलालहरूको हरपल जयजयकार गर्नुपर्छ ।  तपाईं पनि जीवनमा उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने दलाल स्तुति गर्न समय छँदै शुरू गरिहाल्नोस् है !

एउटा घाती रिक्तता

अपराधमा संलग्न प्रभावशाली राजनीतिक नेता र उच्चपदस्थ कर्मचारीहरूको पोल खुल्दा तीन पेचिला विषय विचारणीय बने । पहिलो, लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनबाट उदाएका पुराना दलहरूप्रतिको आम विश्वसनीयतामा अपूरणीय क्षति भयो तर धमाधम ‘ठूला मान्छे’ पक्राउ परिरहेका दृश्यले राजनीति सङ्लिएर असल बन्छ भन्ने आशा सञ्चार हुन सकेन र न्यायिक प्रक्रिया स्वच्छ होला भन्ने आशा पनि झीनो रह्यो ।

मेरो र देशको नियति

दीपकराज सापकोटा एकजना मानेको दाइ भन्नु हुन्छ सँगतको पनि ठूलो मूल्य हुन्छ र, दृष्टान्त दिनु हुन्छ प्राकृत स्वभाव विपरित क्षीर सागर पनि त बाँधिनु पर्‍यो ।  यस्तो पवित्र र सुन्दर भूमी दक्षिणबाट जतिजति उत्तर लाग्छौ कैलाश/स्वर्ग त छँदैछ,  हरेक किलोमिटरहरूमा पल्लवित जैविक विविधता र मौसम जिवन्त संस्कृति र जीवनधारा । सरल र सहनशील मान्छे निष्कपट, निष्फिक्री हाँसो कर्म उद्यत तर,  किन अभिसापित? ठूला र नेता आएका...

सक्कली बजेट भाषण

नेपालीहरूले कान ठाडो पारेर बजेट भाषण सुन्न थालेको २००८ सालदेखि नै हो । तर, अहिलेसम्मका बजेट सबै नक्कली हुन् । किनभने प्रयेक वर्ष अघिल्लै वर्षका उस्तै कार्यक्रम नक्कल गरेको गर्‍यै छन् । अरूले नक्कल अर्थात् चोरी गरे कारबाही, सरकारले गरे वाहवाही ! दुईचार दिनमात्र टिक्ने खालका पूर्वाधारको नेपाली माटो सुहाउँदो मापदण्ड पनि तयार गरिनेछ । अनि एउटै सडक असार महीना बित्नलाग्दा प्रत्येक वर्ष फेरि पीच गरिनेछ । थाहा पाइहाल्नुभो, बजेट दुई प्रकारका हुन्छन्, एउटा सक्कली अर्को नक्कली । अर्थमन्त्रीले संसद्को रोष्टममा पढ्ने बजेट भाषण त नक्कली हो, त्यो देखाउने दाँत हो, चपाउने सक्कली दाँत त अर्कै छ । सक्कली बजेट भाषण सुन्न र बुझ्न भने अक्कल चाहिन्छ । कुन नक्कली र कुन सक्कली भनेर छुट्याउन चाहिँ मन्त्रीले पढेको भाषणभित्रको छिद्रछिद्र पत्ता लगाउन सक्नुपर्छ । अंग्रेजीमा ‘बिट्विन द लाइन’ भन्छन् नि, हो त्यस्तै । मैले बुझेको आगामी आर्थिक वर्षको सक्कली बजेट पाठ भने यस्तो छ– (१) सरकारले कृषि तथा पशुजन्य उत्पादनमा नेपाललाई अझ परनिर्भर बनाउन रू. ५६ अर्ब बराबरको रकम विनियोजन गरेको छ । यो रकम सभासम्मेलन, गोष्ठी, विदेश भ्रमण, बैठक भत्तामा सक्नुपर्नेछ । थप कृषियोग्य भूमिलाई प्लटिङ गरी जमीन बाँझो राख्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि जारी राखिनेछ । मलमा जालझेल जारी रहनेछ र बर्खामा किसानलाई मलको हाहाकार देखाइनेछ । (२) व्यापार घाटा बढाउन, उत्पादन घटाउन र आपूर्ति व्यवस्था खल्बल्याउन र  आयात अभिवृद्धि गर्न रू. १० अर्ब विनियोजन गरिएको छ । यो रकम पनि सभासम्मेलन, गोष्ठी, विदेश भ्रमण, बैठक भत्ताजस्ता कार्यक्रममा खर्च गरिनेछ । उद्योग गर्न सकेसम्म अप्ठ्यारो पारी व्यापार गर्न प्रोत्साहित गरिनेछ । (३) हरेक दुई–दुई महीनामा मर्मत गर्नैपर्ने गुणस्तरका हवाई पूर्वाधार तयार गर्न रू. १२ अर्ब विनियोजन गरिएको छ । जहाँ जहाँ प्लेन चढ्न सक्ने मान्छे एकादुई हुन्छन्, त्यस्तो ठाउँमा पनि आफ्नो र आफन्तको धेरै घरघडेरी आसपासमा छ भने विमानस्थल बनाइनेछ । (४) आयोग गठन गर्दै आफ्ना आसेपासे हुकमवासीहरूलाई लालपुर्जा वितरण कार्य आगामी वर्ष पनि जारी रहनेछ । गरीबीको नाममा छानी छानी कार्यकर्ता धनी बनाउन रू. ७ अर्ब विनियोजन गरिएको छ । कार्यकर्तालाई सित्तैमा काममा नलगाउने पार्टीको नीतिअनुसार उनीहरूलाई रोजगार कार्यक्रम अन्तर्गत तलब खुवाइनेछ । (५) पुजाआजाका लागि सालका पात टिप्ने, गाईवस्तु चराउने, स्याउला पात बटुल्ने जस्ता वातावरण विरोधी गतिविधिहरूमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ । पहाडजति डोजर लगाएर र तराई तथा भित्री मधेशका रूख ठेकेदारमार्फत कटान गराएर वातावरण सकेसम्म बिगारिनेछ । यसबाट आउने प्राकृतिक प्रकोपले विदेशी सहयोगको बाढी नै ल्याउनेछ । अनि त विदेशी सञ्चिति नबढ्ने कुरै भएन । सःमिलहरूको दुनो सोझ्याउन भने रू. १३ अर्ब लगानी गरिनेछ । पानी बग्ने ढलमा प्लास्टिक बगाई ढल थुनेर सडकलाई नै नदी बनाइनेछ र त्यसमा विदेशीलाई ‘ब्ल्याक वाटर र्‍याफ्टिङ’ गराइनेछ । (६) सबै प्रकारका जनशक्तिलाई विदेश लखेट्न रू. १३ अर्ब विनियोजन गरिएको छ । यसबाट सीमापारिका उद्योगहरू खुशी भई नेपालको विदेशी सम्बन्ध नयाँ उचाइमा पुग्नेछ । देशमा कोही युवा बस्न नमान्ने हुनाले शीप सिकाएर कामै छैन । यसो गरेपछि बेरोजगारहरू विदेश जानेछन् र त देशमा विप्रेषण भित्रिनेछ ।   (७) सरकारी अस्पतालको सेवा जानी जानी कमसल बनाइनेछ र सबै नेपालीलाई निजी अस्पतालमा उपचार गराउने कार्यका लागि रू. ६९ अर्ब विनियोजन गरिएको छ । सरकारी अस्पतालमा डाक्टरलाई काम नगरी तलब बुझ्न र काम चाहिँ निजीमा गर्न प्रोत्साहित गर्न यो रकम खर्च हुनेछ । (८) सरकारी विद्यालयमा हडताल र निजीमा पठनपाठन गर्ने अवधारणामा शिक्षाक्षेत्रको विकास गर्ने व्यवस्था मिलाइएको छ । जिन्दावाद, मुर्दावाद र ढुंगा हान्ने शीपमा दक्ष जनशक्ति उत्पादन गर्ने र राजनीतिक दलको प्रचारप्रसारका लागि गाउँगाउँसम्म जनशक्तिको व्यवस्था गर्नेगरी शिक्षातर्फ संघमा रू. ७० अर्ब, प्रदेशमा रू. ५ अर्ब र स्थानीय तहमा रू. १ खर्ब २१ अर्ब विनियोजन गरिएको छ । यो रकम चल्तापुर्जा शिक्षकहरू र विद्यालय व्यवस्थापक र स्थानीय नेता कार्यकर्तामाझ मिलिजुली बाँडफाँट गर्ने पनि व्यवस्था गरिएको छ । (९) सरकारी धारापानी बन्द गर्दै निजी ट्यांकर र बोतलको पानी प्रवर्द्धन गर्न रू. ३८ अर्ब विनियोजन गरिएको छ । काठमाडौंमा भने मेलम्चीको पानी चुनावका बेला बाँडिनेछ भने अरू बेला बन्द गरिनेछ । (१०) ठेकेदार, कर्मचारी, नेताहरूले भागशान्ति गरी खाऊन् भनी देशभर पूर्वाधार विकास गर्न रू. १ खर्ब ६२ अर्ब विनियोजन गरिएको छ । दुईचार दिनमात्र टिक्ने खालका पूर्वाधारको नेपाली माटो सुहाउँदो मापदण्ड पनि तयार गरिनेछ । अनि एउटै सडक असार महीना बित्नलाग्दा प्रत्येक वर्ष फेरि पीच गरिनेछ । (११) सस्ता आयोजना विदेशीलाई र महँगा आयोजना जति नेपालीलाई दिने, भेरिएसन गर्दै बढाबढमा ठेक्का पार्ने व्यवस्था गरी ऊर्जा उत्पादन गर्न रू. ७५ अर्ब विनियोजन गरिएको छ । आयोजना बने पनि प्रसारण लाइन नबनोस् भन्नका लागि विशेष व्यवस्था गरिनेछ । विद्युत् खपत बढाउन महशुल बढाइनेछ र इन्डक्सन बाँडिनेछ । इन्डक्सन किन्ने कमिशनको अहिले कुरै नगरौं । (१२) अव्यवस्थित शहरीकरण गर्न र शहरका सडकहरूलाई खहरेखोलामा परिणत गर्न ३८ अर्ब विनियोजन गरिएको छ । पानी बग्ने ढलमा प्लास्टिक बगाई ढल थुनेर सडकलाई नै नदी बनाइनेछ र त्यसमा विदेशीलाई ‘ब्ल्याक वाटर र्‍याफ्टिङ’ गराइनेछ । (१३) वित्तीय क्षेत्रमा झोले उद्यमीहरूलाई निब्र्याजी ऋण उपलब्ध गराइनेछ । ठूला शोषक सामन्त उद्योगहरूलाई दोहोरो अंकको चक्रवर्ती ब्याज लगाई आठ–दश वर्षमै उनीहरूको सम्पत्ति लीलाम हुने व्यवस्था गरिनेछ । (१४) कार्यालय समयमा शेयर खरीदविक्री गर्न र बाँकी समय स्वदेश विदेशको राजनीतिक विषयमा चर्चा परिचर्चा गर्न सक्नेगरी कर्मचारीको क्षमता अभिवृद्धि गर्न राष्ट्रसेवकले खाईपाई आएको तलबमा १५ प्रतिशत वृद्धि गरिएको छ ।    (१५) सूचनाको हकप्रति सरकार प्रतिबद्ध रहेको छ । त्यसैले बजेटमा राजस्वका दरहरू निर्धारण गर्दा नजिकका पहुँचवाला व्यापारी उद्यमीहरूलाई पूर्व जानकारी दिने विगतका अभ्यासलाई यसपटक पनि निरन्तरता दिइएको छ । यस्तो निजीक्षेत्रमैत्री बजेट विश्वका कुनै पनि देशले अहिलेसम्म बनाउन सकेका छैनन् । आँट पनि नभाका अनि गाँठ पनि पेल्न नसक्ने असक्षम उद्यमी, व्यापारीलाई घरै गएर सूचना दिने कुरा पनि भएन । उपरोक्त बमोजिम रू. १७ खर्बजतिको आम्दानी जुटाउन जनतालाई सकेसम्म निचोरनाचर गरी कर संकलन गरिनेछ । पुगेन भने विदेशीहरूसँग भिक्षा मागिनेछ, नभए हारगुहार गरेर भए पनि ऋण लिइनेछ । कसैले पनि पत्याएनछन् भने प्रतिगामीहरूले आम्दानी गर्न दिएनन् भन्दै उम्किने बाटो त छँदैछ । जयनेपाल, लालसलाम, जयमधेश, अभिवादन !

बलात्कारको आरोप लागेका सांसद बानियाँको पद आजै निलम्बित हुन सक्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् । गएको सोमबार बानियाँलाई नेपालगन्जस्थित राँझा एयरपोर्टबाट प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएको दुई सातापछि उनी पक्राउ परेका हुन् । अनुसन्धान जारी छ । प्रहरीले सांसद बानियाँलाई ‘ठूला मान्छे आफैँ...

विकासको साँचो : सरकार र निजीक्षेत्र

मुलुकमा विकासै नभएको होइन, अधुरो विकास भएको छ । यसका मुख्य कारण नाङ्गलो पसलदेखि सरकारी पदका व्यक्तिसम्मलाई अकुत सम्पत्ति कमाउने चाहना हो । जसरी कलकारखाना सवारी आदि चलाउन इन्जिनको आवश्यकता पर्छ त्यसरी नै देश द्रुत विकाशमा जानका लागि मन र सोच राम्रो भएका विज्ञहरूको आवश्यकता पर्छ । तर, दुर्भाग्य हाम्रो मुलुकमा राम्रा विज्ञहरू नै पाउन सकिएको छैन । चम्चा बुद्धिजीवी भगडालु बुद्धिजीवी, नकारात्मक बुद्धिजीवी, गफाडी बुद्धिजीवी, द्रव्यलाल बुद्धिजीवी, बिचौलिया बुद्धिजीवी आदिले गर्दा राम्राराम्रा बुद्धिजीवीहरू हलुवा गलेझैं बस्नु परेको छ । यिनीहरूले चाहेर पनि मुलुकका लागि राम्रो योगदान गर्न सकेका छैनन् । आमाबाबुको नराम्रो संस्कार, शिक्षाको कमी, स्वार्थ, लालच आदिका कारण स्वार्थी बुद्धिजीवी र विज्ञ पैदा भएका छन् । यस्ता व्यक्ति परिवर्तन हुने हो भने मुलुकको कायापलट हुन सक्छ । समाजमा धेरै मानिस उकुसमुकुस भएर बसेका छन्, युवापुस्ता छटपटाएर बसेको छ, ठेकेदारहरू मनपरी गर्ने भएका छन्, वृद्धवृद्धा सन्तान बाहिरिएर बेहाल भएका छन्, । यही कारणले गर्दा देशका बुद्धिजीवी बदलिनु जरुरी छ । यिनीहरू बदलिएपछि मात्र देशका पूर्वाधार विकास विस्तारै समाधान हुँदै जाने हो । या देशको ठूलो विडम्बना नै कानून कार्यान्वयनमा कडाइ नहुनु हो । देशमा यत्रो भ्रष्टाचार हुँदा पनि कानूनअनुसार कारबाही भएको छैन । यसले द्रुत विकासका सबै पक्षमा बाधा पुगेको छ । यो देशको अर्को विडम्बना कृषि प्रधान मुलुक भएर अर्बाैं रुपैयाँको खाद्य सामान हामी भारत तथा अन्य देशबाट झिकाएर खाइराखेका छौं । हामीले खाद्यवस्तु निर्यात गरेर उल्टा रकम कमाउन सक्छौं । तर, सरकारले यसका लागि आवश्यक का मगर्न सकेको छैन । सरकार कलह र गफ  गर्न जान्छन् तर कठोर र इमानदार हुन सक्दैनन् । नसक्नु इच्छाशक्ति जगाउन नसक्नु हो । सरकारले कृषकहरूलाई सेवा, सहुलियत, तालीम, कर, मल आदिजस्ता कुरामा प्रोत्साहन गर्ने हो भने कृषिक्षेत्रमा भरपुर विकास हुनेछ । अब सरकारले सानो मनलाई ठूलो बनाई गफ र स्वार्थलाई छोडी कडा भएर कृषकहरूलाई साथ दिनुपर्छ । अनि हेर्नुहोस् यो देशमा कृषिको विकास कसरी हुन्छ । तर, सरकारहरू हनुमान्हरू मात्र च्यापेर बस्ने गर्छन् र हनुमान्हरू जम्मा गर्ने प्रतिस्पर्धा गर्छन् । युवालाई हनुमान् बनाउनुभन्दा दीर्घकालीन रोजगार दिलाउन सकेको भए मुलुकको गति नै अर्कै भइसक्थ्यो । अब यो देशमा पर्यटन क्षेत्रको विकास गर्नु जरुरी छ । हामी ‘अतिथि देव भव’ भन्ने गर्छाैं तर यिनीहरूलाई ठग्ने हिसाबले काम गरिरहेका छौं । अब कसरी पर्यटन क्षेत्रको विकास हुन्छ ? सर्वप्रथम त यिनीहरूलाई सेवासुविधा, सहुलियत दिनुपर्छ । शुरूमा शुल्कहरू कम गर्नुपर्छ, सरसफाइ ध्यान पु¥याउनुपर्छ । नचाहिने झन्झटिलो प्रक्रिया कम गर्नुपर्छ । यसो गर्नसके हामीले सोचेको भन्दा बढी पर्यटक भिœयाउन सक्छौं । फोहोर दुर्गन्ध हटाउने, बाटोघाटो राम्रो बनाउने, माग्नेहरूको समस्या हटाउनुपर्छ । अहिले आएर हाम्रो मुलुकमा जलविद्युत्को विकास हुन थालेको छ ।, यो क्षेत्रबाट राज्यले उति आम्दानी र फाइदा लिन सकेको छैन जति लिन सक्थ्यो । तापनि राज्यले अहिले यसबाट फाइदा लिन र विदेशीलाई राम्रो बिजुली बेच्न प्रयास गरिहेका छन् । यसमा हामी कति सफल हुने हो, त्यो समयले बताउनेछ । नेपाली नागरिक इमानदार छन् । देशमा रकमको कमी छ । श्रमशक्ति छ, वातावरण छ । तापनि मुलुक अघि बढ्न नसक्नुको एउटै कारण हो : केही खराब, लालची, स्वार्थी व्यक्तिहरूको हातमा डाडुपन्यू हुनु हो । यति मात्र होइन देशमा रहेका राम्रा व्यक्ति, शिक्षण संस्था, सूचना विभाग, चलचित्र, मिडिया, अखबार आदिले नेता तथा स्वार्थलाई नअपनाई सरकार तथा नागरिकलाई शिक्षामार्फत बदल्ने कोशिस गर्नुपर्छ । अनि मात्र मुलुकको रूप फेरिनेछ । तर, अहिले आएर यसको शुरूआत भई पनि राखेको छ, जसलाई निरन्तर गर्दै लैजाने हो । समग्रमा भन्नुपर्दा देशको ठूलो समस्या भनेकै राजनीतिक अस्थिरता, बेरोजगार अधुरो पूर्वाधार विकास र केही नागरिकका सानातिना समस्या हुन्, यस्तो बेला जुन सरकारले राज गरे पनि आफ्नो मान्छे कार्यकर्ताहरू मात्रै पाल्ने होइन, यिनीहरूलाई दीर्घकालीन रोजगार दिने हो । यसका लागि निजीक्षेत्रलाई अगाडि ल्याउनुपर्छ । प्रायः ठूला कार्यहरू निजीक्षेत्रलाई छोडिदिनुपर्छ । सरकारको काम लगानीको वातावरण बनाइदिने हो । निजीक्षेत्रले फाइदा मात्र हेर्छ । त्यसैले यसमा सरकारले नियमन गर्नुपर्छ । सरकारले प्रतिस्पर्धाको वातावरण बनाइदिनुपर्छ । प्रतिस्पर्धाले नै निजीक्षेत्रलाई तह लगाउँछ । जुनसुकै सरकारहरूले देशमा राज गरे पनि लगानीकर्तालाई हौसला दिनुपर्छ, करको भारी बोकाउने कुरामात्र गर्नु हुँदैन । उनीहरूको मनोबल गिर्न दिनु हुँदैन । प्रशासनिक झमेलाले दुःख दिनु हुँदैन । सरकार भनेको उदार मनको हुनुपर्छ अनि मात्र देश राम्रो हुने हो । बरु गलत तरीकाले अकुत सम्पत्ति कमाउनेलाई कडा कानूनको दायरामा ल्याउनु जरुरी छ ।

सुन तस्करीका ठूला माछा समात्न कांग्रेस नेताको चुनौती

२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीमा संलग्न ठुला माछा समातेर देखाउन सरकारलाई चुनौती दिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले ठुला माछा समात्ने भन्दै हिँडेको उल्लेख गर्दै कोइरालाले चुनौती दिएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने, 'सक्नुहुन्न । किनभने उहाँहरुकै मान्छे पर्छन् ।' कांग्रेस …