भारतमा कोरोना संक्रमण निको हुने दर ९७.११ प्रतिशत

एजेन्सी। भारतमा कोरोना संक्रमण निको हुने दर बढेको छ। हाल भारतमा संक्रमण निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा भारतमा ३९हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो। गत जुन २९देखि ४० हजार भन्दा कम व्यक्तिमा संक्रमण भएको पाइएको छ। हाल यहाँ कुल संक्रमितको संख्या तीनकरोड पाँचलाख ८५हजार २२९जना पुगेको छ।

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा १,२४१ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घटे पनि मृतकको संख्या बढेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण दर उच्च बनेर घटेसँगै मृतकको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २४१ जनाको मृत्यु भएको छ । कोरोनाबाट निको हुनेको संख्या पनि उच्च छ । यही अवधिमा एक लाख ५७ हजार जना निको भएका छन् […]

भारतमा कोरोना संक्रमण स्थिर

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ । पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् । अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको […]

भयावह बन्दै कोरोनाको दोस्रो लहर

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख ११९ मा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् । तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए । ‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् । कोरोना संक्रमणको दर बढ्दै गएपछि गत साताको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै राति ८ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।