प्रदेश १ को विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक

विराटनगर । प्रदेश १ को विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सोमवार सम्पन्न भएको छ । बैठकले विभिन्न मन्त्रीहरूको संयोजकत्वमा तीन संसदीय समिति निर्माण र झापाको गिरीबन्धु टी इस्टेटको जग्गा स्थानान्तरण तथा जग्गा सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । हदबन्दीभन्दा बढी भएको जग्गा सट्टापट्टा तथा स्थानान्तरण गर्ने विषय प्रदेश सरकार र स्थानीय सरकारको पनि साझा अधिकार सूचीमा रहेको भन्दै सो निर्णय बदर गर्न प्रदेश सरकारले माग गरेको हो । टी इस्टेटको उक्त जमिन सम्बन्धी निर्णय यसअघि केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले गरेको थियो । आइतवार विस्तार भएको मन्त्रीमण्डलको पहिलो बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जग्गा सट्टा–पट्टा तथा स्थानान्तरण सम्बन्धी निर्णय गर्दा पहिलेको ऐनलाई नै सक्रिय बनाउनुपर्नेमा जोड दिए । यस्तै आइतवारको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न र काममा खट्न सबै मन्त्रीलाई निर्देशन पनि दिएका छन् । ‘सरकारको कामलाई प्राथमिकता दिएर परिणाम निकाल्न, कुनै पनि खालको नकारात्मक काम नगर्न र सचिवालयका सदस्यलाई पनि गर्न नदिने विषयमा गम्भीर ढंगले मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ,’ आङ्बोले भने । बैठकले मन्त्रीहरूको आचारसंहिता पनि पारित गरेको छ । यस्तै प्रदेशको मन्त्रालय र अन्तर्गतका निकायको संगठनात्मक संरचना एवं दरबन्दी स्वीकृत गरेको छ भने सोही संरचना अनुसार अब प्रदेश सरकार मातहतका करिब १ दर्जन कार्यालय खारेज भएको छ । सरकारले वित्तीय सुशासन र जोखिम मूल्यांकन कार्यविधि २०७८ लाई पारित गरेको छ । उक्त कार्यविधिले प्रदेशको वित्तीय सुशासन कायम गर्न सक्ने र प्रदेशलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन सहयोग गर्ने मन्त्री आङ्बोको भनाइ छ । यस्तै प्रदेश सरकारले मन्त्रिपरिषद्का समितिका संयोजकहरू पनि तोकेको छ, जसअनुसार राजन राईको नेतृत्वमा राजनीतिक तथा प्रशासनिक समितिमा झलक सिंह दर्लामी र शेखरचन्द्र थापा सदस्य रहनेछन् । यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा इन्द्रबहादुर आङ्बो रहने र हिमाल कार्की, खिनुलङ्वा लिम्बू र ओमप्रकाश सरावगी सदस्य रहनेछन् । यस्तै कानून, न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा केदार कार्की तोकिएको छ, जसको सदस्यमा जयराम यादव, रामकुमार राई र उपेन्द्रप्रसाद घिमिरे रहेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

प्रदेश १ को प्रदेशसभा बैठक २२ दिन पछि बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आज दिउँसो १ बजेलाई प्रदेशसभा बैठक राखेको जनाएको छ।...

प्रदेश १ : भित्र बैठक, बाहिर  प्रदर्शन

विराटनगर : प्रदेश १ को प्रदेशसभाभित्र  दशौं तथा बजेट अधिवेशन चलिरहेको छ।असार १९ गते बजेट पास भएसँगै स्थगित रहेको प्रदेशसभा बैठक आज (आइतबार) बाट शुरु भएको हो। तर बाहिर भने प्रदेश १ को नाम पहिचानको आधारमा अर्थात् किरात प्रदेश हुनुपर्ने माग राख्दै  प्रदर्शन गरिरहेका छन्।नेपाल आदिवासी जनजाति महासंघ,  किरात राई यायोक्खा, किरात याक्खा छुम्मा लगायतका पहिचानवादी संस्थाहरूले प्रदेशसभा घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

प्रदेश-१ को नामका लागि बैठक आह्वान

विराटनगर । प्रदेश-१ नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठक बोलाए हुन् । दलहरू नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाए । सभामुखले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभाको बैठक साउन ८ गते […]

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

प्रदेश १ को प्रदेशसभा बैठक अब दसैंपछि मात्रै

२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित गरेका छन् । आइतबार बसेको बैठकपछि उनले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ । मुख्यमन्त्री भीम आचार्यले […]

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।...

प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन

सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।  संसद् सचिवालयले...

प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै

काठमाण्डाै - प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश-१ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आजको बैठकमा नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । मख्यमन्त्री राईको कारबाहीमा परेका १६ ...