कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् ।सभामुख शाहीले बुधबार बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए। “आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निस्कन सकेन”, सभामुख शाहीले भने, “अब फेरि अर्