काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक दुलालले बाढी पहिरोमा बेपत्ता […]
काठमाडौं, (नेस) । ग्रिनल्यान्ड र युनिक नेपालले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ग्रिनल्यान्डले जनप्रेमीलाई ५२–४६ तथा युनिकले नेक्सस्लाई ५७–४९ ले पराजित गरे । ग्रिनल्यान्डका जेसन तामाङले १४ तथा युनिकका रोशन खड्काले ३५ अंक जोडे । नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा […]
चितवन, ७ असोज । भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिककक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन । दुई महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उनले बताए । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका […]
काठमाडौँ– काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत सुरुवातको अवसरमा हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा देवप्याखँ (देवी नाच) प्रदर्शन गरिएको छ । इन्द्रजात्राको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वादशीको बिहान ३६ हात लामो काठको लिङ्गो (योसिं) उठाउने क्रममा परम्परागत नेवारी देवी नाच प्रस्तुत गरिएको हो । सहभागी कलाकारले विभिन्न देवीदेवता र दैत्यको मुकुन्डो लगाएका थिए […]
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिवद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरेका हुन् । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा […]