सिंहदरबार प्रवेशमा रोक, भित्र सय भन्दा बढी कर्मचारी संक्रमित

काठमाडौं, माघ ३ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कोरोना संक्रमण फैलिएको छ । सिंहदरबार भित्र विभिन्न मन्त्रालयमा कार्यरत चार सचिवसहित सय भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित चार जना सचिवमध्ये तीन जना प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हुन् । थप एक जना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव रहेका छन् । […]