आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासोन्मुख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आबद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् । चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग […]