रेबिज खोप लगाउन सुझाव

नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा पशुबाट मानिसलाई सर्ने रेबिज रोग चुनौती बन्दै गएको बताउनुभयो । “मानिसमा अझै पनि रेबिज रोगप्रतिको गलत धारणा रहेकाले लक्ष्य प्राप्त गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो । रेबिज रोगलाई कसैले पनि ध्यान नदिएको बताउँदै उहाँले कुकुरले टोकेको त हो, केही गर्नु पर्दैन, किन खोप लगाउनु भन्ने जस्ता गलत धारणा आममानिसमा रहेको उल्लेख गर्नुभयो । उहाँले रेबिजबाट बच्न कुकुर वा अन्य जनावरबाट टोकेपछि तत्काल रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्ने सुझाव दिनुभयो ।

सम्बन्धित सामग्री

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नपाओस् भनेर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । बुटवल उपमहानगरपालिकाको...

गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा कुकुरमा रेबिज पुष्टि

गुल्मी – गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा भुस्याहा कुकुरमा रेबिज पुष्टि भएको छ । डिभिजन वन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा समाइएको कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो । यो कुकुरले जिल्ला सदरमुकाम तम्घास र अर्खलेमा शनिवार एकै दिन सात जना व्यक्ति र तीन वटा पशुलाई टोकेको थियो । कुकुरले टोकेको व्यक्ति र पशुलाई पनि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन भेटेरेनरी अस्पताल र रेसुङ्गा नगरपालिकामार्फत सबैलाई ...

काभ्रेमा रेबिजको त्रास, सतर्क रहन आग्रह

काभ्रे जिल्लामा रेबिज रोगको त्रास बढेको छ। जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिजको संक्रमण देखिएको छ। महाभारत गाउँपालिका वडा नं. ८ मा रहेको घर्तीछाप स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप लगाउन...

खोपभन्दा परीक्षा प्राथमिकतामा पर्दा रेबिज!

कलेजमा पढ्ने युवतीको परीक्षा चलिरहेको थियो। परीक्षा चलिरहेकोले आफन्तको खोप लगाउन दिएको सुझाव उनको प्राथमिकतामा परेन। आज-भोलि खोप लगाउँछु भन्दै डेढ महिना कटिसकेको हुन्छ।

खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!

बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।

खोप लगाउन धेरै पटक भनें, मान्नु भएन र अन्तमा रेबिज देखियो!

बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रकारका घटनामा बृदि भएको देखिन्छ।

जनचेतनाको कमीले ‘साइलेन्ट किलर’ बन्दै रेबिज

५ वर्ष अगाडि भक्तपुरका ३० वर्षीय युवक घरनजिकैको जंगलमा टहलिन गएका थिए । सानो कुकुरको छाउरो देखेर उनले मायाले समाते । तर त्यो छाउरोले उनको हात र खुट्टामा टोक्यो । स्थानीयले भने स्यालको बच्चा ठाने । ती युवालाई साथीभाइ तथा परिवारले रेबिजविरुद्धको खोप लगाउन भनेर धेरै कर गरे । तर उनी सानो घाउ हो भनेर बेवास्ता गरिरहे । उनलाई जनावरले टोकेको ६–७ महिनामा रेबिजको लक्षण देखियो । केही दिनमा उनको मृत्यु भयो ।

विश्व रेबिजविरुद्धको दिवस : घरमा पालेको कुकुरले टोके पनि लापर्बाही नगर्न सुझाव

काठमाण्डाै - आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज : तथ्य बुझाैँ,त्रसित नबनाैँ' भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएक...

रेबिजले गाई मर्न थालेपछि खोप लगाउन सुरु

भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएर मृत्यु भएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको खोप लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका छन् । मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, …